0
ट्रेनर नेपालले पोखरामा आयोजना गरेको दशैं महोत्सव सोमबार पनि जारी छ । शुक्रबारदेखि शुरु भएको महोत्सवमा दर्शकको सहभागिता बढ्दै गइरहेको ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङले बताए । सोमबारदेखि महोत्सवस्थलबाट च्याङ्ग्रा विक्री पनि शुरु भएको छ । पोखरा नयाबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित महोत्सव असोज ११ गतेसम्म चल्ने छ । महोत्सवमा विहान, दिउँसो र राति भिन्न÷भिन्न प्रकारका कार्यक्रम संचालन भएका छन् । महोत्सवमा बिहान पाँच देखि सात बजेसम्म पतञ्जली योग समितिको सहयोगमा सुपर नोनी बृहत निःशुल्क योग शिविर, ११ देखि पाँच बजेसम्म दशै मेला अन्तर्गत खरिद विक्री, नवदुर्गा विषेश पूजा, दशंै पिङ्ग सहित विविध कार्यक्रम र साँझ पाँचदेखि नौबजेसम्म मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति नेपाल आइस दशै नाईट भैरहेको छ ।
दशंै नाइटमा १० जना डिजेको प्रस्तुतीमा खुल्ला आकाशमुनि रमाउन पाईने छ । महोत्सव स्थलमा राखिएको लिङ्गे पिङ र चौराले पिङमा दर्शकहरु रमाइरहेका छन् । पोखरामा अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र स्थापना तथा दशैमा निम्न वर्गका नागरिकलाई सहुलियत दरमा उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवस्थलमा दशैका लागि आवश्यक नयाँ नोट र उपभोग्य सामाग्री चिनि, नुन, चामल सस्तो दरमा उपलव्ध गराइएको छ ।

Post a Comment

 
Top