0
वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुर गुरुङको स्मृतिमा ट्रस स्थापना गर्नका निम्ति गठन भएको तदर्थ समितिको पहिलो बैठक  पोखरामा सम्पन्न भएको छ । लिटिल स्टेप उच्च मा.वि.मा सम्पन्न बैठकले सो संस्थाको नाम “लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान” राख्ने निर्णय गरेको छ भने प्रतिष्ठानले आउने दिनमा शिक्षा, लोक संस्कृति, गीत संगीत, कला साहित्य र पत्रकारिता एवं गुरुङ चलचित्रको क्षेत्रमा विभिन्न रचनात्मक काम गर्ने निणर्य समेत गरेको छ । विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुदै आएको पत्रिका तमू संसारलाई पनि नियमित प्रकाशन गर्ने निर्णय गरेको छ । हरेक वर्ष उहाँको स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने तथा प्रतिष्ठानको हरेक गतिविधिमा गुरुङ फिल्म एसोशियशन नेपाललाई संस्थागत सहभागीता गराउने एवं सदस्यता वितरण कार्यलाई छिटै अगाडी बढाउने निर्णय समेत गरको छ । बैठकले प्रतिष्ठानाको साधारण सदस्य शुल्क रु.१ हजार ५ रुपैय, आजिवन सदस्य शुल्क ५ हजार एक रुपैय, विशिष्ट सदस्य शुल्क रु. २५ हजार १ रुपैय र संरक्षक सदस्यको लागि १ लाख पाँच हजार शुल्क तोक्ने निणर्य गरेको छ ।

Post a Comment

 
Top