0
राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले लम्बिंदै गएको संक्रमणकालीन अवस्थामा सम्पूर्ण पक्ष सचेत बन्नुपर्नेमा जोड  दिएका छन् । उनले संक्रमणकालीन अवस्थामा गलत पक्षले चलखेल गर्ने मौका पाउने भएकोले यसप्रति राजनीतिक दल, मानवअधिकार कर्मी, नागरिक समाज लगायतका सम्पूर्ण पक्ष सजक रहनु पर्ने बताए । उनले संविधान निर्माणमा अझैपनि बाधा अड्चन देखिएको उल्लेख गर्दै आगामी माघ ८ गते संविधान जारी हुन नसकेमा मुलुकमा अप्रिय घटना हुन सक्ने आशंका गरे ।
शान्तिका लागि नागरिक समाजको सञ्जालको भदौ २९ गते पोखरामा सम्पन्न ११औं साधारणसभाको उद्घाटनका क्रममा बोल्दै आयुक्त प्रधानले लोकतन्त्रको उपलब्धीलाई संस्थागत विकास र राष्ट्रिय एजेण्डामा सबै राजनीतिक दलहरुलाई एकजुट बनाउन नागरिक समाजले निरन्तर खबरदारी गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, नेपाली काँग्रेसका जिल्ला सदस्य गिरीराज गौतम, नेकपा एमालेका जिल्ला कमिटी सदस्य सञ्जु सुवेदी, एनेकपा माओवादीका जिल्ला सदस्य विश्वप्रकाश लामिछाने, नेकपा–माओवादीका जिल्ला सदस्य उमनाथ सुवेदी, राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय निमित्त निर्देशक डा. टीकाराम पोखरेल, पूनरावेदन अदालत बार एशोशिएसन पोखराका अध्यक्ष खगेन्द्र आचार्य, जिल्ला अदालत बार एशोशिएसनका अध्यक्ष पदमपाणि देवकोटा, गैसस महासंघका केन्द्रीय सदस्य रामप्रसाद सुवेदी जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सरलाकुमारी पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए ।
यसैवीच साधारणसभाले रामप्रसाद सुवेदीको संयोजकत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सह–संयोजकमा सरलाकुमारी पाण्डे, महासचिवमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, सचिवमा जानकी शर्मा, कोषाध्यक्षमा ढाकाराम पौडेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा पुण्य पौडेल, कमलप्रसाद अर्याल, कुश्मराज आचार्य, दुर्गाबहादुर सुनार, राज क्षेत्री, विजया सुवेदी, रामचन्द्र पौडेल, अञ्जना केसी, रामकृष्ण ज्ञवाली, सरीता थापा, राजेश पराजुली, टेकनाथ बराल, नवदत्त ढुङ्गाना, रामप्रसाद घिमिरे, खगराज आचार्य, सुरेन्द्र थापामगर, विष्णु बराल, तिलक आचार्य रहेका छन् । सञ्जालको भदौ २९ गते बसेको पहिलो बैठकले सचिवालय इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा राख्ने निर्णय समेत गरेको छ ।
सञ्जालका संयोजक तिलक आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सहसंयोजक नन्दकला नेपालीले स्वागत मन्तव्य र सञ्चालन महासचिव तथा इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले गरेका थिए । साधारणसभाले ०७१ माघ ८ गते मानवअधिकारमैत्री संविधान जारी गर्न संविधानसभा र राजनीतिक दलसँग जोडदार माग गर्ने लगायतका विभिन्न समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

Post a Comment

 
Top