0
पाचौं संस्करणको लामाचौर कप खुल्ला सेभेन ए साइड नक आउट फुटबल पतियोगिता २०७१  आउदो असोज ८ गते देखि पोखरामा आयोजना हुने भएको छ । लामाचौरमा रहेको ब्लु एन्जल क्लवको आयोजनामा इन्द्रराज्य लक्ष्मी उच्च मावि लामाचौरको प्राङ्गणमा उक्त प्रतियोगिता असोज १४ गतेसम्म संचालन हुने भएको क्लवका अध्यक्ष एवं मुल संयोजक स्वागतसिंह भण्डारीले बताए ।
नेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा “स्वास्थको लागी खेलकूद” भन्ने उद्धेश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा करीब ५० टिमको सहभागिता रहने भएको भण्डारीले जनाए । प्रतियोगितामा सहभागी हुनको लागि दर्ताको अन्तिम मिति असोज ६ गतेसम्म रहेको सचिव प्रकाससिंह भण्डारीले बताए ।
प्रतियोगितामा विजेतालाई उपािध सहित ९० हजार र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ४५ हजार नगद पुरस्कार प्रदान गरीने भएको सचिव भण्डारीले जनाएको छ । क्लवले प्रतियोगिता सम्पन्न गर्न ६५ सदस्य मूल आयोजक समिति, ६२ सदस्य सल्लाहकार समिति र नौ वटा उपसमिति गठन गरेको छ । उपसमितिहरुमा अर्थ संकलन उप समिति संयोजकमा संञ्जय कुमार अधिकारीे, सुरक्षा व्यवस्थापन उप समिति संयोजकमा नवराज थापा, स्वागत सत्कार उप समिति संयोजकमा नविन भण्डारी, वजार व्यवस्थापन उप समिति संयोजकमा रविमान सिह भण्डारी लगायत छन् ।

Post a Comment

 
Top