0
बालमन्दिर उच्च मावि पोखराले बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहारको अन्त्य गरौं भन्ने मूलमन्त्रका साथ अन्तर्राष्ट्रिय बाल दिवस तथा ५० औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
सो कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले कार्यसम्पादन र गुणस्तरीयता र मूल्याङ्कनको आधारमा विद्यालयको क्षमता बृद्धि र सहयोग गरिने नीति अनुरुप विद्यालयलाई सहयोग गरिने हुँदा बालमन्दिर नेपालकै नमूना विद्यालय भएको बताए । कार्यक्रममा शिक्षक भिष्ममणि लामिछाने, रमा अधिकारीलाई उत्कृष्ट वर्ष सम्मान, प्रअ सुशील बस्नेत, बसन्धरा तिम्सेना, सावित्री थापालाई दीर्घ सेवा सम्मान, विभिन्न कक्षामा अध्ययरत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । १ हजार १ सय ५३ विद्यार्थी रहेको विद्यालयमा १०+२ तर्फ विज्ञान विषय संचालन, १२ कोठे भवन, विज्ञान प्रयोगशाला, मञ्च स्थान निर्माण गरिने योजना रहेको प्रअ सुशील बस्नेतले बताए ।  व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बाल संगठनका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, पोखरा उद्योग बाणिज्य संघका महासचिव रविन्द्र प्रजु, प्राज्ञ सदस्य प्रकाश घिमिरे, टोल सुधार समिति अध्यक्ष विष्णु शंकर ख्वाजु, सहप्रअ चन्द्रकान्त रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर वि.क., इनरह्वील रोटरी क्लवका विजया कर्माचार्य, प्रअ सुशील बस्नेत, विद्यार्थीहरु अनुश्रीया सुवेदी, प्रदीप ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top