0

पोखरामा नै पहिलो पटक नेपाल डाइटिसीयन एसोसियशन(संघ) काठमाडौं र लायन्स क्लव अफ पोखरा लेकसिटीको आयोजनामा भदौ २७ गते मणिपाल शिक्षण अस्पतालमा निशुल्क मधुमेह सम्बन्धी अभिमुखीकरण र परीक्षण गरिने भएको छ । पोखरामा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक एवं डाइटिसियन सुमन गुप्ताले खानाको मात्रा र पौष्टिक आहारको कमीले गर्दा मानिसमा रोगहरुको संक्रमण बढ्दै गएको बताए । जनचेतनाको अभावले स्वास्थ्यका धेरै समस्या उत्पन्न भएकाले स्वस्थ्य जीवन र मधुमेह कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका छन् । शुक्रवार पुर्वान्ह १० बजेदेखि अपरान्ह ४ बजेसम्म मणिपाल शिक्षण अस्पतालमा निशुल्क डाक्टरी परामर्श, डाइटिसियन परामर्श, सुगर(मधुमेह) परिक्षण, ब्लडप्रेस परिक्षण, आहारको प्रदर्शनी गरिने गुप्ताले जानकारी दिएका छन् । उनले भने(“आम जनसमुदायलाई सन्तुलित आहारको आवाश्यकता र असन्तुलित आहारबाट स्वस्थ्यमा पर्ने असरका बारेमा सचेत गराई स्वस्थ्य मानव, स्वस्थ्य समाज निर्माणको लागि पोखरामा पहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको हो ।” स्थानीय आयोजक संस्था लायन्स क्लव अफ पोखरा लेकसिटीका प्रेसिडेन्ट शिव श्रेष्ठले उक्त कार्यक्रम लेकसिटीको बार्षिक कार्यक्रममा नभए पनि जनहीतका लागि आफूहरु जुटेको बताए । उक्त कार्यक्रमको सभासद रविन्द्र अधिकारी र मणिपाल शिक्षण अस्पतालका प्रमुख बी एम नागपालले उद्घाटन गर्नुहुने पत्रकार सम्मेलनमा बताईएको थियो । जनचेतना र जनहीतका लागि निशुल्क आयोजना गरिएको कार्यक्रममा सहभागीताका लागि पत्रकार सम्मेलन मार्फत आम कस्केलीलाई आग्रह गरिएको थियो ।

Post a Comment

 
Top