0
गण्डकी ट्रक यातायात व्यवसायी संघको ३७ औँ साधारण सभा तथा १७ औँ अधिवेसनवाट आगामी २ वर्षका लागि निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन वुधवार सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिका सदस्यहरुलाई निर्वाचन आयुक्त दामोदर अधिकारीले सपथ गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख देवीराम भण्डारीले व्यवसायीले आफ्नो पेशा र व्यवसायलाई प्रतिश्पर्धी वनाउनु पर्ने वताए । देशमा जनप्रतिनिधी तथा व्यवस्थापिकाले वनाएको कानुनलाई पालन गर्नुृपर्ने दायित्व भएको र उपभोक्ताको हितमा व्यवसायीले काम गर्नुपर्ने धारणा भण्डारीको थियो ।
नवनिर्वाचित अध्यक्ष लिलाधर बरालले आफ्नो कार्यकालमा संस्थाको साख गिर्ने गरी कुनै पनि काम नगर्ने र सवैलाई समेटेर अघि वढ्ने वताएका थिए । संघका निर्वतमान अध्यक्ष कृष्णहरि जिसीले आफ्नो कार्यकालमा वाँकी कामहरु नयाँ समितिले अघि वढाउने विश्वास ब्यक्त गर्दै व्यवसायीका समस्यालाई निराकरण गर्न आग्रह गरे । कार्यक्रममा गण्डकी ट्रकका संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सना, सल्लाहकार रुद«प्रसाद तिमिल्सना, गण्डकी धौलागिरी यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधान, भुपु अध्यक्ष हरि प्रसाद खनाल, पुर्व अध्यक्ष टेकवहादुर भुजेल, निर्वतमान महासचिव डिल्लीराम भट्टराई, अखिल नेपाल यातायात मदुर संघका अध्यक्ष सूर्यमणि लामिछाने, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष विष्णु केसी, नेपाल ट्रेड युनियन काँग्रेसका जीतवहादुर गुरुङ, निर्वाचन समितिका सदस्य वोधराज पौडेल र  हरिप्रसाद पण्डितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top