0

पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ३३औं साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिाज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उद्योग व्यवसायी मैत्रि वातवरण वनाउनका लागि आफू लागि पर्ने बताए ।
कार्यक्रममा रामलालश्री माया फोटोग्राफी पुरस्कार स्थापना गरेका पुरस्कारका संस्थापक गणेश छविलाई ताम्रपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा मृगौला पीडित अग्रज फोटोग्राफर जीवन उदासालाई पनि सहयोग गरिएको थियो । कार्यक्रममा सहभागिहरुको तर्फबाट २८ हजार र संघको तर्फबाट पाँच हजार गरि उदासलाई ३३ हजार सहयोग गरिएको पोखरा फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरि संघले प्रकाशन गरेको फोकस स्मारिकाको पनि सोही अवसरमा विमोचन गरिएको थियो । कार्यक्रममा संघले आयोजना गरेको दैनिक जनजिवनमा आधारीत फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कृत गरिएको थियो । प्रतियोगिताबाट ४० वटा फोटो पनि छनोट गरिएको थियो भने छनोटमा परेकालाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिता सर्वोकृष्ट, उत्कृष्ट र छनोटमा परेका गरि ५० वटा फोटाहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा संघमा प्रवेश गर्ने सदस्यहरुलाई स्वागत तथा आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रवेशीका परिक्षा २०७० मा उत्र्तिण हुने संघमा आवद्ध सदस्यका छोराछोरीलाई पनि प्रशंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा पोखरा फोटोग्राफर संघका सचिव खडानन्द अधिकारीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जीवन ढुङ्गानाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावली, सञ्चारकर्मी दिप्रेन्द्र श्रेष्ठ, तनहु फोटोग्राफर संघका अध्यक्ष मोहनकुमार श्रेष्ठ, वाग्लुङ फोटोग्राफर संघका अध्यक्ष गगनलाल शाक्य, पर्वत फोटोग्राफर संघका अध्यक्ष राजन गुरुङ, फोकस स्मारिका प्रकाश उपसमितिका संयोजक गणेश छवि, पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष माधवप्रसाद मिश्र, दैनिक जनजिवनमा आधारित फोटो प्रतियोगिताका संयोज जिवन ढुङ्गाना, नितिका सुवेदीले वोलेका थिए । पोखरा फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवहरि अधिकारीले स्वागत र सहसचिव रविनाथ दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।



Post a Comment

 
Top