0
मानव मिलन नारी जागरण नेपालको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले संस्थाले छोटो समयामा नै महत्वपूर्ण काम गरेको बताउदै आगामिा दिनमा पनि यसको निरन्तरताको खाँचो रहेको बताए ।
मुक्तिनाथ विकास वैकका कार्यकारी अधिकृत भरतराज ढकालले समाजिक क्रियाकलावमा संस्था निकै नै अगाडि वढेको बताए । साधारण सभामा संस्थाले प्रकाशन गरेको मानव मिलन स्मारिकाको पनि विमोचन गरिएको थियो । कार्यक्रममा मानव मिलन नारी जागर नेपालकी सचिव पार्वती पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्त शर्मा ढकालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य शुष्मा पौडेल, सञ्चारकर्मी दिप्रेन्द्र श्रेष्ठ, स्मारिकाका सम्पादक यज्ञप्रसाद बास्तोला, सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द्र माकाजु, समाजसेवी डिल्लिराम बराल, अधिकारकर्मी सरला पाण्डे, स्मारिका प्रकाशन उपसमिति संयोजक कमला गिरीले बोलेका थिए । मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष सविता वरालले स्वागत र सचिव पार्वती पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Post a Comment

 
Top