0
विजयदशमी, शुभदीपावली एवं छटको अवसर पारेर धर्मस्थली महिला समूह तथा धर्मस्थली टोल विकास संस्थाले पोखरा उपमहानगर पालिकाको सहयोगार्थ जेष्ठ नागरिक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उपमहानगर पालिकाका पूर्व कार्यकारी अधिकृत झलकराम अधिकारीले दशैंलाई भड््किलो रुपमा नभई रीतिरिवाजको संरक्षण गर्नुपर्ने र बृद्धहरुको भोगाईलाई सुन्ने बुझ्ने सधंै सकरात्मक सोचाई र चिन्तन गर्नुपर्ने भन्दै बिजयदशमी, शुभदीपावली एवं छटको शुभकामना व्यक्त गरे । कार्यक्रममा समुहकी सह–अध्यक्ष सुनिता कोइरालाको सभापितित्वमा भएको कार्यक्रममा यशोदा देबकोटा, भगवती कोइराला, दिलमाया कोइराला, कृष्णप्रसाद कोइराला ,मैया पराजुली, यादवराज अधिकारी, भवनी प्रसाद अधिकारी, फणिन्द्र राज पराजुली ,प्रकाश कोइराला लगायतmे बोलेका थिए । कार्यक्रममा छबिलाल कोइराला,प्रेम बहादुर हमाल, श्रीकली अधिकारी, भवानी प्रसाद अधिकारी, डिल्लीराम पराजुली, पुण्यप्रसाद पराजुली, यमकला पराजुली, ओम कुमारी कोइराला ,लक्ष्मी देबकोटा, डिलमाया थापा लगायतका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top