0
प्याब्सन कास्कीको चौथो साधारणसभा बुधबार सम्पन्न भयो ।  साधारणसभामा जिल्ला शिक्षा कर्यालय कास्कीले करिब एक महिना अगाडि प्राइभेट बोर्डिङ स्कुललाई लक्षित गरी जारी गरेको ५१ बुँदे स्वेतपत्रमाथि व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा स्वेतपत्रमा उल्लेख गरिएकामध्ये विद्यालयमा शिक्षाको गुणस्तरीयता निर्धारण, विद्यार्थी तथा कर्मचारीलाई सुविधा दिने, विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार निर्माण गर्ने तथा विद्यालयलाई उच्चतहबाट सञ्चालन गर्ने निर्णय भएको प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए । सो अवसरमा प्याब्सन कास्कीका सचिव षडानन्द गौतमले प्रगति विवरण तथा अध्यक्ष चिनु रानाभाटले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले आगामी मंसिर २३ गते प्याब्सन स्पोर्टस् मिट–२०७१ गर्ने निर्णय गरेको छ भने स्पोर्टस् मिटमा टेबलटेनिस खेल पनि समावेश गर्ने निर्णय गरेको छ ।  यस्तै केल्स एकेडेमी बुद्धचोकलाई नयाँ सदस्यता प्रदान गरेकोछ । अब प्याब्सन कास्कीमा आवद्ध विद्यालयको सङ्ख्या ९९ पुगेको छ । प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले स्वागत तथा सञ्चालन सचिव षडानन्द गौतमले गरेका थिए ।

Post a Comment

 
Top