0
पृथ्वीनारायण क्याम्पसका सह प्रध्यापक लेखनाथ–११, किमवेशी निवासी बावुराम अधिकारीलाई पितृ शोक पारेको छ । अधिकारीका पिता स्थानीय समाजसेवी कवि धर्मदत्त अधिकारीको ७५वर्षको उमेरमा आफनै निवास किमबेशीमा निधन भएको हो । लामो समयदेखि विरामी रहँदै आएका अधिकारीको असोज ७ गते निधन भएको हो। उनको हिन्दु धर्म परम्परा अनुसार सेतीे नदीमा दाहसंकार गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय अधिकारीका महादेव, धु्रव, दीपक, विश्वबन्धु, गणेश अधिकारी र ६ छोरी रहेका छन् ।

Post a Comment

 
Top