0
प्रेस चौतारी पत्रकारिता पुरष्कार २०६९ बाट अग्रज पत्रकार बद्रीविनोद प्रतिकलाई सम्मान गरिने भएको छ । प्रेस चौतारी कास्कीले संचालन गरेको उक्त पुरष्कारबाट प्रतिकलाई सम्मान गर्न प्रतिभा छनोट समितिले गरेको सिफासिरलाई प्रेस चौतारीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको हो ।
नेपालको प्रेस स्वतन्त्रताको आन्दोलन, मानव अधिकारको लागि भएका प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान र प्रेस चौतारीको संस्थागत विकासमा योगदान पु¥याएको भन्दै उक्त पुरष्कारबाट सम्मान गर्न लागिएको हो । पुरष्कारको राशी ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ । प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले प्रतिकलाई पुरष्कारबाट सम्मान गर्न सिफारिस गरेको थियो ।समितिमा प्रेस चौतारी तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, प्रेस चौतारीका अध्यक्ष श्याम कुँवर र सचिव माधव बराल सदस्य रहेका थिए । विगत चार दशकदेखि पत्रकारितामा क्रियासिल प्रतिकले पोखराको आव्हान साप्ताहिक र काठमाडौैको मातृभूमि साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका हुन् । प्रतिकले सगरमाथा दैनिक, जनआस्था साप्ताहिक, एभरेष्ट हेराल्ड अंग्रेजी दैनिक पत्रिकामा काम गरेका थिए भने पोखराबाट प्रकाशित पोखरा हटलाइन र हिमदुत दैनिकमा सम्पादक भएर काम गरिसकेका छन् भने अहिले हिमदूत दैनिकमा आवद्ध छन् ।  अहिले पोखरा—१२ हस्पिटलचोकमा बस्दै आएका प्रतिक दयाशंकर स्मृति पत्रकारिता पुरष्कार, पोखरा पत्रकारिता पुरष्कार, गोविन्द वियोगि स्मृति पत्रकारिता पुरष्कार काठमाडौं लगायतका पुरष्कारहरुबाट सम्मानित हुनुभएको छ ।कास्कीको थुम्की गाविस वडा नम्बर ३ मा जन्मनु भएका प्रतिक नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, पत्रकार महासंघ कास्कीको निर्वतमान अध्यक्ष र प्रेस चौतारी कास्कीका संस्थापक सदस्य हन् ।

Post a Comment

 
Top