0
रोयल ट्रेकको प्रमुख गन्तव्य हंसपुर गाविसको वडा नम्बर ७ स्याक्लुङकोट गाउँको सिढी बाटो निर्माणको लागि हालै एक समिति गठन गरिएको छ ।  गाउँघरमा जीर्ण अवस्थामा रहेका गोरेटो बाटोलाई मर्मत तथा पुनः निर्माण गरी पर्यटकीय सौन्दर्यतामा टेवा पु¥याउने उद्देश्यले बाटो निर्माण समिति गठन भएको हो । गुरुङ फिल्म एशोशिएसन नेपालका संस्थापक अध्यक्ष तथा अव्बल कलाकार÷निर्देशक माओत्से गुरुङको अध्यक्षतामा स्याक्लुङ डिठ्ठागाउँ बाटो निर्माण समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गमबहादुर गुरुङ, सचिवमा प्रवीन गुरुङ, सहसचिवमा लिलबहादुर गुरुङ, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा विभा गुरुङ, शोभा गुरुङ, पूर्णिमा गुरुङ, हरिमाया गुरुङ रहेका छन् ।
सन् १९८० को दशकमा बेलायतका राजकुमार चाल्र्सले पदयात्रा गरी बास बसेको स्याक्लुङकोट गाउँ चाल्र्सको पदयात्रापछि रोयल ट्रेकको नामले प्रख्यात छ । स्याक्लुङकोट लेखनाथको विजयपुरबाट शुरु भइ कालिका गाविस, हंसपुर गाविसको स्याक्लुङ, रुपाकोट गाविस, तालबेसी, बेगनासताल हुँदै चार दिनमा पोखरा फर्कने पदयात्रा रोयल ट्रेकको प्रमुख गन्तव्यस्थल हो । साम्पानीदेखि भैरुमकोट, कुवापानीदेखि डाँडाथोक र आरुबोट विसानाचौतारोदेखि साल्मेडाँडासम्मको करीव साढे चार किमी दुरीको बाटो करीव १५ लाख रुपैयाको लागतमा योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । बाटो निर्माणको लागि रु. ५ हजारदेखि माथि आर्थिक सहयोग गर्नु हुने व्यक्ति, संस्थाको नाम शिलालेखमा राखिने समितिले जनाएको छ । समितिले बाटो निर्माणको लागि प्रस्तावनाका साथ विभिन्न, समाजसेवी, आफन्त, इष्टमित्र, संस्था, सरकारी गैरसरकारी निकायसँग सहयोग माग गरी बाटो निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । स्वदेशी र विदेशी पर्यटकको लागि आकर्षणस्थल बनेको यस गाउँको विकासलाई अगाडि बढाउन विभिन्न व्यक्तित्व, संस्था र सरकारी तथा गैरसरकारी निकायको महत्वपूर्ण भूमिका रहदै आएको छ । गाउँसम्म पुग्नको लागि कच्ची मोटरबाटो, स्याक्लुङकोट भ्यूटावर, सेभेनस्टार युथ क्लवको सभा भवन, विद्युतीकरण, सञ्चार, आकाशे पानी संकलन ट्याङकी, डाडाँथोक क्याम्पिङ मैदान, निर्माण भएका छन् ।

Post a Comment

 
Top