कारागार वास्तवमा कारागार नभइकन सुधार गृह हो यसमा बन्दीहरुले आफू स्वयंलाई सुधार गर्नका लागि महत्वपूर्ण अवसर मिल्छ । आफू कारागारमा पर्नुमा पनि कुनै कल्याण निहीत छ भन्ने ठानेमा कारागारवासको समयलाई सदुपयोग गर्दै बन्दीले आफूमा महान परिवर्तन ल्याई महान् बन्न सक्छ । डाँकु वाल्यले कर्मको भागीदारितालाई महसुस गर्दा वाल्मिकी ऋृषि बन्न पुगेझैं आफ्नो गल्तिलाई महसुस गर्दै सुधारोन्मुख हुन सकेमा हरेक बन्दीले पनि आफ्नो भावी जीवनलाई महान् बनाउन सक्छन् । उक्त भनाई कास्की जिल्ला कारागारका बन्दीहरुलाई सम्बोधन गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूबाट आएका राजयोगी ब्रह्माकुमार भगवान भाइले भनेका हुन् ।
बन्दीहरुलाई कर्मको गहन गति र एक एक सद्गुणको महत्व दर्शाउँदै उनले कारागारमा एकान्त स्थानमा बसेर स्वयंलाई परिवर्तन गर्ने तरिका सोचौं कि म यस संसारमा किन आएको हूँ ? मेरो जीवनको उद्देश्य के हो ? म यहाँ आएर के गरिरहेको छु ? यस्ता ज्ञानका कुराहरु चिन्तन गर्दा नै संस्कार परिवर्तन हुन्छ । कारागार नै जीवनमा परिवर्तन ल्याउने एक तपस्याको थलो हो । जहाँ एकान्तमा बसेर स्वचिन्तन, आत्मचिन्तन वा परमात्मा चिन्तन गर्न सकिन्छ । बितेको घटना वा समस्यालाई चिन्तन गर्दा मानव दुःखी र अशान्त हुन्छ त्यसैले बितेको घटनालाई भुल्नु र त्यसबाट अगाडिको लागि पाठ सिक्नु नै समझदारी हुन्छ भने ।
उनले यस्तो कर्म न गरौं जहाँ हामीलाई धर्मराजपुरीमा शिर झुकाउन परोस् । हाम्रो दृष्टि, वृत्ति अवगुण र खराब बानीको वश छ त्यसलाई टाढा भगाउनु छ । लड्नु, झगडा गर्नु, चोरी गर्नु, लोभ गर्नु यी सबै हामी मानवका दुश्मन हुन् । खराब बानीलाई टाढा गर्नु नै आदर्श मनुष्यको पहिचान हो । यिनै अवगुण र खराबीले नै हामीलाई कंगाल बनाएको छ । आज हाम्रो व्यवहारमा आसुरीपन आउनुको मुल कारण हो कि हाम्रो अशुद्ध आहार, व्यवहार र नराम्रो संगत । अहिले परमात्माले हामीलाई सबै नराम्रा बानीबाट मुक्त गरी स्वयंलाई परिवर्तन गर्ने हो भने । भगवान भाइले कर्मको गुह्य गतिको रहस्य प्रष्ट्याउँदै परमात्माले हामीलाई दिएका कर्मेन्द्रियहरुको दुरुपयोग गर्न नहुने बताए । हामी लोभ लालचमा आएर त्यसको दुरुपयोग गर्दछौं भने यसको सजायँ दुःख अशान्तिको रुपमा हामीले भोग्नु नै पर्दछ । स्वयंमा परिवर्तन ल्याउने आधार भनेको नै सत्सङ्ग र प्रभु चिन्तन हो जसबाट हामीमा मनोबल, आत्मबल बढ्दछ । भनिन्छ मानिसको जीवन अनमोल छ यसलाई यसै व्यर्थ कर्म गरेर गुमाउनु हुँदैन ।
वास्तवमा मानिसलाई गल्तीले नै सही रुपमा मानव बनाउन सक्दछ । केबल हामीले त्यस गल्तीलाई महसुस गरेर परिवर्तन गर्नुपर्दछ । हामीले अरुलाई बदला लिने होइन बल्कि स्वयं बदलिएर देखाउनुपर्नेमा उनले जोड दिए । जीवनको हरेक घटनामा केही न केही कल्याण लुकेको हुन्छ त्यसैले त्यस घटनालाई चिन्तन गर्नुको सट्टा प्रभु चिन्तन, आत्मचिन्तन गर्नुपर्नेमा भगवान भाइले जोड दिए । करिब ४०० जना बन्दीको उपस्थिति रहेको उक्त कार्यक्रममा केही क्षण भएपनि कार्यक्रमबाट शान्तिको अनुभूति गर्न पाएको अनुभव बन्दीहरुद्वारा व्यक्त गरिएको थियो भने पुनः पुनः त्यस्ता कार्यक्रमहरु आयोजन गर्न बन्दीहरुले गरेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव राजयोगी ब्रह्माकुमार शैलेष राज बराल र पार्दी शाखाकी संचालिका ब्रह्माकुमारी अप्सरा सुवेदी समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन ब्रह्माकुमार शिशिर रेग्मीले गरेका थिए भने कास्की जिल्ला कारागार प्रमुख रमेश कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

Post a Comment