0
कास्कीको दक्षिणपूर्वमा अवस्थित हंसपुर गाविसको नयाँ पक्की भवन निर्माण हुने भएको छ । शान्ति तथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण हुन लागेको गाविसका सचिव धर्मदत्त बरालले बताए । मन्त्रालयबाट भवन निर्माणको लागि रू. ३३ लाख विनियोजित भएकोमा जिविसको टेण्डर आह्वानबाट रू. २७ लाखमा भ¥याङसहित पाँच कोठे भवन निर्माण हुन लागेको हो । आगामी असारमसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढेको छ सचिव बरालले भने, अहिले जग खार्ने काम र पिलरको लागि खाल्टो खन्ने कार्य धमाधम भइरहेको छ । पुरानो भवन जीर्ण र पानी चुहिने भएकोले पुरानो भवन नजिकै जग्गा सम्माएर नयाँ भवन निर्माण हुन लागेको उनले बताए । गासिवले जग्गा सम्माउने र गाविससम्म आउने करीव ५ सय मिटर कच्ची मोटरबाटो रू. २ लाख ५० हजारमा सम्पन्न गरिसकेको छ ।

Post a Comment

 
Top