0
नेपालभरका सामुदायिक उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको साझा संस्था सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन, कास्कीको पहिलो अधिवेशनले ताराप्रसाद पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिका उपाध्यक्षद्वयमा चेतनारायण सुवेदी र पुनम राना बस्नेत, सचिवमा शङ्कर शर्मा, कोषाध्यक्षमा सुरजमोहन पोखरेल र सहसचिवमा विजय तिमिल्सिना चयन हुनुभएको छ । यसै गरी सदस्यहरुमा भेषराज पौडेल, नेपाल प्रकाश अधिकारी, रविकिरण भट्टराई, सूर्यराज पौडेल, सञ्जय सुवेदी, आनन्द पौडेल, सत्यराज कँडेल, केशवप्रसाद आचार्य, देवराज शर्मा, कुलप्रसाद खत्री, भोगिन्द्र गिरी, तारानाथ आचार्य, माधव अधिकारी, रामकृष्ण सापकोटा र कुलबहादुर खत्री रहेका छन् । यसअघि, अध्यक्ष मधुसुदन सापकोटाको अध्यक्षतामा कार्यव्रmमको उद्घाटन गर्दै प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले राज्यले शिक्षासम्बन्धी स्पष्ट नीति ल्याउने तयारी गरिरहेको बताए ।
यस्तै, सामुदायिक उच्च माध्यमिक विद्यालय शिक्षक युनियका केन्द्रीय अध्यक्ष डिल्ली सिग्देलले वास्तविक पेसा र सङ्गठनमा आबद्ध हुनुपर्नेमा जोड दिँदै उच्च माध्यमिक विद्यालयमा पढाउने शिक्षकहरुको हकहितका लागि राज्यसँग स्पष्ट नीति नभएको बताए । विद्यालय तहलाई सरकारी स्तरबाट र क्याम्पस तहलाई विश्व विद्यालयले सम्पूर्ण रुपमा जिम्मेवारी लिने परिपाटी भए पनि उच्च माध्यमिक तह भने बेवारिसे रहेको गुनासो गर्दै उनले यसलाई पनि परिणाममुखी बनाउन व्यवस्थित बनाउने जिम्मा सरकारको भएकोमा जोड दिए ।
कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष ज्ञानप्रसाद भट्टराई, केन्द्रीय सचिव बालकृष्ण कँडेल, युनिय पर्वतका सचिव तिलकराम लामिछाने, युनियन बाग्लुङका सचिव हिरामणि कँडेल, धौलागिरी समन्वय समितिका सचिव जयकृष्ण पौडेल, केन्द्रीय सदस्य सर्वहरि पौडेल, नेपाल शिक्षक युनियका अध्यक्ष जगन्नाथ अधिकारी, तारा पोखरेल लगायतले शुभकामना दिएका थिए । सल्लाहकार पदम दवाडीको संयोजकत्वमा शिव के.सी. र घनश्याम रेग्मी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिको घोषणा गरेको थियो । नयाँ समितिलाई केन्द्रीय अध्यक्ष डिल्ली सिग्देलले टीका लगाएर बधाई दिएका थिए ।

Post a Comment

 
Top