पोखरा उपमहानगरपालिकासँग आवद्ध रहेको पोखरा १० मा स्थापित अमरसिंहचोक टोल विकास संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले टोलको व्यवस्थापनमा सबै अगाडि बढ्दै विकास कार्यमा लाग्नुपर्ने बताए । अमरसिंह क्षेत्रमा गर्नुपर्ने शौचालय निर्माण, सडकर विस्तार, आकासे पुल, सोलार विद्युत र सदस्यहरुलाई सक्रिय बनाउन लागि पर्नुपर्ने उनले बताए । कोषाध्यक्ष राजकुमार गुरुङ्गले कोषाध्यक्षको प्रतिवेदन र सचिवले भावी कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा टोल विकास संस्था महिला वडा समन्वय समिति वडा नं. १० का अध्यक्ष पवित्रा गुरुङ्ग, युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल, कुँडहर टोल विकास संस्था पोखरा १२ का अध्यक्ष तेज बहादुर गुरुङ्ग, अमरसिंहचोक खुद्रा व्यापारी संघका अध्यक्ष मधुसुधन पौडेल, संस्थाका सल्लाहकार मे.कृष्ण बहादुुर गुरुङ्ग लगायतले पूर्वी क्षेत्रबाट पोखरा प्रवेश गर्ने पहिलो बजारको रुपमा रहेको यस क्षेत्रमा टोल विकास संस्थाले धेरै राम्रा काम गर्नुपर्ने भएकोले सबै टोलबासी मिलि पोखरा उपमहानगरपालिकाको सहयोगमा योजनाबद्ध तरिकाले विकास निर्माणतर्फ लाग्नुपर्ने बताए । संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ता थापा र कार्यक्रमको संचालन सचिव सुक बहादुर गुरुङ्गले गरेका थिए ।अमरसिंहचोक टोल विकासको साधारणसभा
पोखरा उपमहानगरपालिकासँग आवद्ध रहेको पोखरा १० मा स्थापित अमरसिंहचोक टोल विकास संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले टोलको व्यवस्थापनमा सबै अगाडि बढ्दै विकास कार्यमा लाग्नुपर्ने बताए । अमरसिंह क्षेत्रमा गर्नुपर्ने शौचालय निर्माण, सडकर विस्तार, आकासे पुल, सोलार विद्युत र सदस्यहरुलाई सक्रिय बनाउन लागि पर्नुपर्ने उनले बताए । कोषाध्यक्ष राजकुमार गुरुङ्गले कोषाध्यक्षको प्रतिवेदन र सचिवले भावी कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा टोल विकास संस्था महिला वडा समन्वय समिति वडा नं. १० का अध्यक्ष पवित्रा गुरुङ्ग, युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल, कुँडहर टोल विकास संस्था पोखरा १२ का अध्यक्ष तेज बहादुर गुरुङ्ग, अमरसिंहचोक खुद्रा व्यापारी संघका अध्यक्ष मधुसुधन पौडेल, संस्थाका सल्लाहकार मे.कृष्ण बहादुुर गुरुङ्ग लगायतले पूर्वी क्षेत्रबाट पोखरा प्रवेश गर्ने पहिलो बजारको रुपमा रहेको यस क्षेत्रमा टोल विकास संस्थाले धेरै राम्रा काम गर्नुपर्ने भएकोले सबै टोलबासी मिलि पोखरा उपमहानगरपालिकाको सहयोगमा योजनाबद्ध तरिकाले विकास निर्माणतर्फ लाग्नुपर्ने बताए । संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ता थापा र कार्यक्रमको संचालन सचिव सुक बहादुर गुरुङ्गले गरेका थिए ।
Post a Comment