0

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय मुख्यालय माउंट आबू राजस्थानदेखि पोखरा आएका राजयोगी ब्रह्माकुमार भगवान भाइले  जीवनमा नैतिक शिक्षाको महत्व विषयक कार्यक्रममा प्रवचन दिएका छन् । प्रवचन दिंदै उनले दिन प्रतिदिन समाजमा बढ्दो हिंसा एवं अपराध एउटा चिन्तायुक्त विषय हो । नैतिक शिक्षाद्वारा नै अपराधमुक्त समाज निर्माण गर्न सकिने बताए । ५००० भन्दा बढी स्कूलमा नैतिक शिक्षाको पाठ पढाएर इंडिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका भगवान चन्छन्– कुसंगत, सिनेमा र व्यसनले गर्दा नै समाजमा अपराध बढ्दै गैरहेको छ, नैतिक शिक्षाले नै युवाहरुलाई सही दिशा प्रदान गर्न सक्दछ । उनले नैतिक शिक्षाद्वारा नै मानवीय मनमा रचनात्मक र सकारात्मक विचारको प्रवाह हुन सक्छ जसद्वारा उसलाई चेतनाको विकास गर्ने प्रेरणा प्राप्त हुनुको साथसाथै अनुकूल वातावरण सृजना हुन सने स्पगट पारे । भगवान भाइले शिक्षाको मूल उद्देश्यको बारेमा प्रकाश पार्दै भगवान भाइले चरित्रवान बन्नु, विकार, व्यसन, नशा र नकारात्मकतादेखि स्वयंलाई मुक्त गर्नु यो नै शिक्षाको मूल उद्देश्य हो । जसले अज्ञान अंधकारदेखि ज्योति वा प्रकाशतर्फ लिएर जान्छ असत्यबाट सत्यतर्फ लिएर जान्छ त्यो नै सच्चा ज्ञान हो । शिक्षा एउटा यस्तो बीउ हो जसद्वारा जीवन फलयुक्त वृक्ष बन्दछ । जबसम्म हाम्रो जीनवमा परोपकार, त्याग, सेवाभाव, उदारता, नम्रता र सहनशीलता आदि जस्ता सद्गुणहरु आउँदैनन् तबसम्म हाम्रो शिक्षा अधुरो रहन्छ । आजका बच्चा भोलिका भावी समाज हुन् यदि भोलिको समाजलाई अपराधमुक्त देख्न चाहन्छौं भने वर्तमान युवा पींढिलाई नैतिक शिक्षा दिन अति आवश्यक छ । सद्गुणहरुको शिक्षाको कमीको कारण समाजमा हिंसा बढ्दै गैरहेको छ । हामी विकसित देशको श्रेणीमा शामिल हुन प्रयास गरिरहेका छौं जसको लागि समाजमा फैलिएको हिंसा वा दुर्भावनाहरु चिन्ताको विषय हुन् भन्दै वहाँले विद्यार्थी जीवनको महत्वको विषयमा पनि चर्चा गरे ।
सो सृजना उमाविका विद्यालयका प्राचार्य डोलराज पाण्डे एवं शिक्षिका सीता पाण्डेले समेत विद्यार्थी जीवनमा अत्यन्त ठूलो महत्व राख्ने यस्तो नैतिक शिक्षा दिने ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको कार्य अति नै सराहनीय भएको चर्चा गर्दै सधंै संस्थाप्रति आभार प्रकट गरे । कार्यक्रम पश्चात् विद्यार्थी र शिक्षकगण दुवैले आ–आफ्नो अनुभव सुनाएको कार्यक्रमको संचालन ब्रह्माकुमारी रमाले गरेकी थिइन ।

Post a Comment

 
Top