0
प्राइम बचत तथा ऋण सहकारी लि. गैह्रापाटनको पाचौँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले उद्घाटन गरेका थिए । त्यसअवसरमा बोल्दै रानाभाटले विद्यालयहरुले सहकारीहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सर्वेश्वर मार्ग व्यवसाय समितिका सचिव सन्तोष पौडेल, कालिका उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणबहादुर थापा, युवा व्यवसायी सुजन जोशी, म्यानेजर निरु थापा लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी माया विश्वकर्मा र सरोज सुवेदी, उत्कृष्ट बचतकर्ता, ऋणिहरु, संस्थाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिइएको थियो । सोही अवसरमा अध्यक्ष अमित जोशीले प्रस्तुत गरेको  संस्थाको प्रगति प्रतिवेदनलाई सभाले पारित गरेको थियो । प्राइम बचत तथा ऋण सहकारी लि.का अध्यक्ष अमित जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्रमणि पौडेलले गरेका थिए ।

Post a Comment

 
Top