0
संचय बहुउद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सेयर सदस्यहरुलाई १० प्रतिशत मुनाफा वितरण गर्ने निर्णयकासाथ शनिवार सम्पन्न भएको छ । संस्थाले गत आबमा रु ८७ लाख, ८५ हजार, ७१८ संचालन मुनाफा आर्जन गरेको थियो । सो संस्थाले गत आबमा रु १९ लाख, २ हजार ४०३ आयकर, रु ११ लाख १ हजार, २३७ ब्याज कर र रु १ लाख, ३८ हजार अन्य श्रोत कर गरी राजस्वमा कूल रु ३१ लाख, ४१ हजार, ६४० योगदान गरेको  जानकारी साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको शेयर पुँजी रु ३ करोड, ४३ लाख, ३७ हजार र शेयर सदस्य संख्या ५३७ पुरुष र ४४५ महिला गरी ९८२ रहेको जानकारी दिइएको छ । साधारणसभाले चालू आवमा शेयर पुँजी बृद्धि गर्ने निर्णय पनि गरेको छ । सञ्चयले गुल्मी जिल्लाको माथिल्लो हुग्दीमा निर्माणाधीन लघु जल बिद्युत आयोजनामा कूल रु १० लाख लगानी गरेको छ । संस्थाले गत आबमा रु २४ करोड, ९१ लाख, ५१ हजार ८९२ निक्षेप संकलन र रु २३ करोड, ८ लाख, ६ हजार ९०५ ऋण लगानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभाले चालू आवमा नियमित कृयाकलापका अतिरिक्त संस्थाको दीर्घकालीन योजना र नीति तय गर्ने, सहकारी पसल संचालन गर्ने, परम्परागत लगानीभन्दा कृषि, उद्योग, पर्यटन, जलविद्युतजस्ता क्षेत्रमा लगानी गर्न जोड दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग जारी राख्ने निर्णय गरेको छ ।
साधारण सभाको संस्थाका ज्येष्ठ सदस्य केशबराज बरालले पानशमा दीप प्रज्वलन गरी उद्रघाटन गरेका थिए । प्रमुख अतिथि बरालले प्रवेशिका परीक्षामा उत्कृष्ट हुने सञ्चय प्रतिभा पुरस्कार योग्य बिद्यार्थीहरुलाई नगद र सम्मानपत्रले सम्मानित गरेका थिए । यस्तै राष्ट्रिय जीवनको विविध क्षेत्रमा सम्मानित र पुरस्कृत हुने सदस्यहरुलाई पनि संस्थाले सम्मान गरेको थियो । ७५ वर्ष उमेर पार गरेका ज्येष्ठ सदस्यहरुलाई पनि त्यस अवसरमा दोशल्ला ओढाएर सम्मान गरिएको थियो । सभाले संस्थाका अध्यक्ष नारायण कार्कीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष यज्ञराज शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक उत्साहकान्त मैनालीद्वारा प्रस्तुत समितिको प्रतिवेदनमाथि ब्यापक छलफल गरी पारित गरेको थियो । यस्तै संस्थाका सचिव तथा प्रवन्ध संचालक जगन श्रेष्ठद्वारा प्रस्तुत वार्षिक बजेट र कार्यक्रम पनि पारित गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष पीताम्वर शर्मा,  संचालक गणेशबहादुर थापा, सल्लाहकार भरत कर्माचार्य, शेयर सदस्यहरु सुशील केसी अधिकारी, लक्ष्मीपति पोखरेलले संस्थाका गतिविधि र दायित्व बारे चर्चा गरेका थिए ।

Post a Comment

 
Top