0
उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–६ बैदामको तेस्रो अधिवेशन तथा सातौं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा गुरुदत्त शर्मा दवाडीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्ष सूर्यनाथ (एकराज) पहारी, सचिवमा विजय पहारी, कोषाध्यक्षमा नारायणप्रसाद अधिकारी तथा सदस्यमा प्रेमनारायण न्यौपाने, दुर्गा पहारी, कृष्णकुमारी घिमिरे पौडेल, सञ्जु गौतम घिमिरे र फत्तबहादुर थापा रहेका छन् । यस्तै शिक्षा  उपसमितिका संगीता बस्नेत पहारी र सागर गिरी, ऋण उपसमितिमा जयलाल पौडेल र धनपति पौडेललाई चयन गरिएको छ । दुई समितिको संयोजक र एक सहसचिव पदमा आगामी बैठकले मनोनयन गर्नेछ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता मदन तिवारीले सपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा स्थापनाकालदेखि नेतृत्व प्रदान गरेर संस्थाको विकास र विस्तारमा उल्लेखनीय योगदान पु¥याएको भन्दै निवर्तमान अध्यक्ष पौडेललाई सम्मान गरिएको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले उपकार बचत तथा ऋण सहकारी संस्था नेपालको सहकारी आन्दोलनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। रकम तरलताको बेला ठूला–ठूला वित्तीय संस्थाले सहकारी संस्थाको वित्तीय अवस्था खराब भएको भनेर हल्ला पिटाउने गरेको उदाहरण दिँदै यसबाट सहकारी संस्थाहरू चनाखो हुनुपर्ने बताए ।
कैलाश विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवीनराज पौडेलले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । संस्थाका सल्लाहकार सञ्चालक समिति तथा विभिन्न उपसमितिलाई बेलाबेलामा विभिन्न खाले प्रशिक्षण गराउनुपर्ने आवश्यकता औंल्याए । सो अवसरमा असल ऋणीतर्फ राजु विश्वकर्मा, मासिक बचततर्फ रामजी पहारी र नियमित बचततर्फ ताराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै एसएलसी परीक्षा उत्तीर्ण गर्ने शेयर सदस्यका छोराछोरी लक्ष्मी पौडेल, वर्षा अधिकारी, सुदीप्ता घिमिरे, सुनिरा थापा, प्रशान्त बराल, शर्मिला सुवेदी, रोशनी दियाली र प्रतिभा थापालाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलद्वारा प्रस्ततु अध्यक्षको प्रतिवदेन, सचिव गुरुदत्त शर्मा दवाडीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष विजय पहारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा समितिका सदस्य सुन्दरराज पहारीद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदनलाई साधारण सभाले सुझावसहित पारित गरेको थियो । संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सदस्य प्रेमनारायण न्यौपानेले स्वागत मन्तव्य तथा सचिव गुरुदत्त शर्मा दवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top