0
सिद्धार्थ टोल विकास संस्थाको आयोजनामा ३ दिन सम्म चल्ने सकारात्मक जीवनशैली तथा राजयोग प्रशिक्षण शिविर संस्थाका अध्यक्ष गोमादेवी सुवेदी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षक ब्रम्हाकुमारी सुदा दिदीको प्रमुख आतिथ्यतामा कायर्कक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष आशामाया खड्का, निवर्तमान अध्यक्ष पार्वती माकाजू, सल्लाहकार कृष्णप्रसाद पराजुली ढाकामोहन, कास्की हुर्जाका अध्यक्ष राजेश पराजुली, बगालेटोल सामुदायिक केन्द्रका अध्यक्ष निरा श्रेष्ठ, संस्थाको सहभागी तर्फबाट मिथिला मल्लको प्रमुख प्रशिक्षक ब्रम्हाकुमारी राजयोगिनी सुदा दिदी र सहयोगी रमादिदी कार्यक्रममा सकारात्मक आत्मज्ञानको बारेमा बोलेका थिए । कार्यक्रम संयोजक भवानी माकाजू संयोजकत्वमा सञ्चालन भएको कार्यक्रमको संञ्चालन सीमा कोइरालाले गरेकी थिइन् भने धन्यवाद तथा समापन संस्थाका अध्यक्ष गोमा सुवेदी कोइरालाले यस्ता कार्यक्रमले सकारात्मक साथै व्यवहारिक ज्ञान परिवार र समाजमा दिन सके मात्र सभ्य समाज बन्ने धारणा व्यक्त गरेकी थिइन् ।

Post a Comment

 
Top