0
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मियापाटन माइक्रो इकाईको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अरुण गुरुङ्ग को अध्यक्षता ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा गोकुल प्रसाद चौलागाई, सचिव मनोज रानाभाट, सह–सचिव डोलबहादुर क्षेत्री कोषध्यक्ष विक्रम गुरुङ्ग सदस्यहरु रधुनाथ पौडेल जुन बहादुर मगर अशोक नेपाली सुवास रानाभाट रहेका छन् । कार्यक्रमको उदधाटन गर्दै प्रमुख अतिथी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एवं गण्डकी अञ्चल इन्र्चाज बिष्णुबहादुर पराजुलीले सम्पुर्ण यातायात मजदुरहरु आफ्नो हक अधिकार प्राप्तिका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुन आग्रह गरे । अतिथि संगठन गण्डकी अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले सबै मजदुरहरु अनुशासित र कर्तव्य निष्ठ भई काममा लाग्न आग्रह गरेका छन् । रधुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको भने सञ्चालन इकाई सचिव मनोज रानाभाटले गरेका थिए ।

Post a Comment

 
Top