0
बाल बालिकाको कुरा सुनौ , बाल दुव्र्यवहार अन्त्य गरौं भन्ने नाराका साथ बाल सुधार गृह सराङ्गकोट कास्कीले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम आईतबार सम्पन्न गरियो । कार्यक्रममा सहभागी भएका उत्कृष्ट बालकहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले सुधार गृहमा रहेको अवस्थाको समयलाई सहि रुपमा उपयोग गर्न र विभिन्न अवशरहरु आएमा आफूले सक्दो पहल गर्ने बताए । बाल सुधार गृह सराङ्गकोटका कार्यालय प्रमुख प्रदिप पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला विकास कार्यलय कास्की, मणिज्योती नि.मा.वि. सराङ्गकोट, स्वास्थ्य चौकी सराङ्गकोट, प्रहरी चौकी सराङ्गकोट, भृकुटी आमा समूह सराङ्गकोटको सहभागीता रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्याक्रमका झलकहरु प्रस्तुत गरिएका थिए । जसमा कोपिला गरुङ्गको समूह पोखरा बाट सलिना गुरुङ्ग र सविता गुरुङ्गले नृत्य प्रस्तुत गरेका थिए भने प्रभात समाज सुधार सस्था सराङ्गकोट र गन्तव्य बाल क्लबका कलाकार बालिकाहरु बाट नृत्य प्रस्तुत भएको थियो । बाल सुधार गृह सराङ्गकोटका बालक प्रतिनिधि निराजन बि.सी लगायत अन्य संघ सस्थाका प्रतिनिधि हरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको क्रममा स्वागत मन्तव्य गृहका शिक्षक अजय थापाले र कार्यक्रम संचालन शिक्षक टंकराज पौडेलले गरेका थिए ।

Post a Comment

 
Top