
आफ्नो विद्यार्थी जीवनको अनुभव सुनाउँदै उनले सात तालको सहर लेखनाथ नगरपालिकामा शिक्षा र साहित्यको विकासका लागि विद्यालयीय तहबाटै पहल गर्नुपर्नेमा जोड दिए । नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष लोकचन्द्र खनालको संयोजकत्वमा साहित्यकारद्वय सञ्जीव पौडेल र रुपिन्द्र प्रभावी निर्णायक रहनुभएको कार्यव्रmममा स्काउ जिल्ला समन्वय आयुक्त धिरज थापा, केन्द्रीय पार्षद शिवबहादुर भण्डारी, स्काउट मास्टर अरुण शर्मा काफ्ले, विद्यालयका संस्थापक बलराम तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रविना श्रेष्ठ र प्रियङ्का बुढाथोकीले सञ्चालन गर्नुभएको कार्यक्रममा पेट्रोल काउन्सिल लिडर अमृत अधिकारीले स्वागत गर्नुभएको थियो । डायमण्ड मोडेल स्काउट टूूपले हरेक वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै आएको स्काउट मास्टर देविरमण तिवारीले जानकारी दि ।
Post a Comment