0

लायन्स क्लव अफ पोखरा पिसटाउनका सदस्य तथा बर्ष २०१४ का टेमर लक्ष्मी पोखरेले बालदिवसको अवसर पारेर पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । आईतबार एक कार्यक्रम बीच उनले गोरखाको भूराजबृक्ष प्राबिका शिक्षक केदार बाबु दुवाडीले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
रकम हस्तान्तरण गर्दै लायन लक्ष्मीले आफूले कखरा सिकेको स्कुल ओझेलमा परेको बताउँदै, गरिव र सुकुमबासी बस्तीमा स्थापना भएको त्यस बिद्यालयमा अध्यायन गर्ने विद्यार्थी हरुलाई बार्षिक रुपमा हस्तान्तरण गर्ने जानकारी दिईन । कार्यक्रमका बोल्दै प्रमुख अथिति पि.एम.सीसी प्रेम बहादुर श्रेष्ठले सबै लायन्सले यस्ता विद्यालयहरुलाई सहयोग गुर्नपर्ने उनको जोड दिए । कहिलेकाही गरेको सानो सहयोगले ठूलै रहत पुग्ने हुदा पोखरेलले गरेको सहयोगले गरिव तथा जेहन्दार विद्यार्थीले शिक्षा पाउने बताए । त्यस्तै भुराजवृक्ष प्राविका शिक्षक केदारबाबु दुवाडीले नजिकैका निजी बिद्यालय र सामुदायिक विद्यालयमा पनि विदेशी सहयोगमा भौतिक पूर्वाधार सम्पन्न भएकोले अहिले भूतपूर्व छात्राले हस्तान्तरण गरेको अक्षय कोषको रकमबाट केही सहयोग पुग्ने बताए ।
विशेष अतिथि पडिजी एम.जेफ.योगन्द्र प्रधानले लायन्स क्लवले सामाजिक कार्यमा लागेको बताए ।
लायन्सको सिद्धान्त अनुसार हरेक लायन्सहरु चल्नुपर्ने बताएका छन् । क्लब पोखरा पिसटाउनले एउटा राम्रो कामको सुरुवात गरेकाले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रमका अध्यक्ष नारायणी कोईरालाले लायन्समा लागेर लायन्सका अग्रजद्धारा सामाजिक सेवा गर्ने उत्प्रेरणा मिलेको बताइन । डिष्ट्रिक एड्भाइजर एमजेएफ अर्चना प्रधान, स्कूल सर्पोट कार्यक्रमका कोअर्डिनेटर एमजेएफ चन्द्र बहादुर गुरुङ्ग, लायन दुर्गा ढकाल लगायतले कार्यक्रममा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सबिता बराल, धन्यवाद तृतीय उपाध्यक्ष सीता कोइरालाले गरेकी थिइनभने कार्यक्रम सञ्चालन सचिव उषा क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।

Post a Comment

 
Top