0
शिशु निकेतन उच्च माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिका अनुरूप मावि स्तरीय अन्तर सदनात्मक विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगिता सातवटा चरणमा सञ्चालन गरिएको थियो । जस मध्ये पहिलो चरणमा सोह्र, दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणमा चार–चार, छैटौँ चरणमा दुई र अन्तिम अथवा सातौँ चरणमा प्रत्येक सदनलाई १०÷१० वटा प्रश्नहरू सोधिएका थिए । प्रतियोगितामा पँहेलो सदनका सन्देश लम्साल, आँचल सुनुवार, रोशन थापा र सन्दीप सुवेदी, रातो सदनका श्रवण लम्साल, विजय वास्तोला, सङ्गत बराल र प्रशिक्षा बराल तथा निलो सदनका सन्जोग अधिकारी, सविन थापा, सुशान्त रेग्मी र विकल सिग्देलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । कार्यव्रmम विज्ञान शिक्षकद्वय नरेन थापाको संयोकजत्व र लविन्द्र गौतमको सह(संयोजकत्व तथा विद्यालय निर्देशक, प्राचार्य हरिश आर.के.को सभापतित्वमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top