0
भद्रकाली ट्याक्सी इकाई समितिले पोखरामा गरेको अन्तर ट्याक्सी इकाईस्तरीय दोस्रो सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि विरौटा–आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई समितिले जितेको छ । उसले उपाधि सहित नगद ५६ हजार छ सय ६६ शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । मङ्गलबार भएको फाइनल खेलमा टुडिखेल–हेमजा–फेदी इकाई समितिलाई एकका विरुद्व दुई गोलगर्दै उसले उपाधि जितेको हो । प्रतियोगिताको उपविजेता टुडिखेल–हेमजा–फेदी इकाई समितिले नगद ३४ हजार चार सय ४४ शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । मङ््गलबारको फाइनल खेलमा विरौटा–आँखा हस्पिटल–घारीपाटन समितिका लागि भिमबहादुर थापा र तारा गिरीले एक÷एक गोल र  टुडिखेल–हेमजा–फेदी ट्याक्सी इकाई समितिका लागि राजाराम सापकोटाले एक गोलको योगदान दिएका थिए ।  प्रतियोगितामा बेष्ट गोलकिपर भिमबहादुर खत्री, बेष्ट डिफेण्डर शंकर तिमिल्सिना, बेष्ट मिड फिल्डर दिलबहादुर गुरुङ, बेष्ट फरवार्डर र हाई स्कोरर्र भिम थापा मगरलाई पुरस्कृत गरिएको थियो । ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा भदौ २१ गतेदेखि  शुरु भएको थियो ।

Post a Comment

 
Top