0
गण्डकी अटोमेकानिकल्स वक्र्स एशोसिएशनको १६औं साधारणसभाले कुल बहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सो समितिको बरिष्ठ उपाध्यक्षमा रमेश श्रेष्ठ पप्पु, उपाध्यक्ष सानुमान जलारी, महासचिव किरण कपाली, सचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष सन्तोष कुमार मिश्र, सहकोषाध्यक्ष प्रमोद आचार्य, सदस्यहरुमा राजु दाहाल, इन्द्र जंग गोदार, रत्न बहादुर थापा, अशोक के.सी., कृष्ण खाँड, अर्जुन उप्रेती रहेका छन् ।
साधारणसभाको उद्घाटन गर्दै संवैधानिक विकास समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय नगरको विकासमा नगरपािलका र उपत्यका नगर विकास समितिको समन्वय क्षेत्राधिकार बाझिँदा अवरोध सृजना भएकोले स्वायत्तरुपमा नगरको विकास हुने नियम आउन लागेको र मेकानिक्स मजदुरहरु वैज्ञानिकको रुपमा राज्यले सम्वोधन गर्नुपर्ने बताए । कार्यक्रममा पोखरा वक्र्ससप स्थापनामा महत्वपूर्ण भूमिका स्वरुप बरिष्ठ मेकानिक्सहरु बसन्त राज रेग्मी, दलबहादुर थापा मगर, राजु गुरुङ्गलाई कदर सम्मान र सामाजिक कार्यकर्ता रेडक्रसका सभासद् सूर्यप्रसाद ढकाललाई मानार्थ सदस्यता सम्मान गरिएको थियो । नेपाल अटोमेकानिकल व्यवसायी महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष यमप्रसाद भुषालले अटोसिटीको रुपमा हरेक नगरमा व्यवस्थित अटोपार्क निर्माणका लागि जग्गाहरुको खोजी गरिएको बताए । पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले आम पोखरेलीको सहयोगले नेपालकै उत्कृष्ट नगर घोषणा हुन सफल भएको र अटोव्यवसायीको माग बमोजिम अटो पार्क हुन सके व्यवस्थित नगरको रुपमा राख्न सकिने हुँदा आफूले सहयोग गर्ने बताए ।
एशोसिएशनका अध्यक्ष कुलबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष महेश बज्राचार्य, सचिव चन्द्र प्रसाद अधिकारी, पूर्व अध्यक्ष सनत कुमार भट्टराई, निवर्तमान अध्यक्ष सुवर्णमान नकर्मी, निर्वाचन समितिका संयोजक अधिवक्ता माधवराज बाँस्तोला, मानवअधिकार शान्ति समाजका अध्यक्ष धिरज थापा, सम्मानति व्यक्तित्व सुर्यप्रसाद ढकाल, सल्लाहकार कृष्ण थापा, बरिष्ठ उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, उपाध्यक्ष सानुमान जलारी, सचिव सन्तोष कुमार मिश्र, कोषाध्यक्ष किरण कपाली, कार्यालय चिव पार्वती बरालले आम रुपमा मेकानिक्सहरु व्यवसायिकतनामा जानुपर्ने बताए ।

Post a Comment

 
Top