0
विद्यालयको वार्षिक कार्यतालिका अनुसार विज्ञान विषय सप्ताह २०७१ अन्तर्गत सिमलचौर पोखरा ८ स्थित पिसजोन एकेडेमीले विज्ञान प्रदर्शनीको आयोजना ग¥यो । कक्षा १ बाट दशसम्मका २० वटा टोली समावेश भएको उक्त प्रदर्शनीमा विद्यार्थी हरुले केवलकार, क्वीज बक्स, ज्वालामुखी विष्फोटन, टेलिस्कोप, पंखा, डाइनामो, विद्युत परिपथ, रोवोट, सामान्य क्रेन लगायतका वस्तुहरुको प्रदर्शनी गरेका थिए । विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले उद्घाटन गरेको उक्त प्रदर्शनी विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारीले अवलोकन गरेका थिए ।  प्रदर्शनीमा पुरस्कृत विद्यार्थीहरु लाई विद्यालको आगामी कार्यक्रममा पुरस्कार वितरण गरिने विद्यालका प्राचार्य सुरेन्द्र शर्मा दाहालले बताए ।

Post a Comment

 
Top