0
नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १३–१५ गते हुने भएको छ । सङ्घले  पत्रकार सम्मेलन गरी महाधिवेशन को कार्यतालिकाको घोषणा गर्दै  यस पटकको  महाधिवेशनमा  समावेशिता तथा क्षेत्रीयता कायम गर्दै विगतभन्दा पृथक हुने समेत जानकारी दिएको छ । महाधिवेशनमा महिलाको सहभागितालाई वृद्धि गर्दै केन्द्रीय नेतृत्वमा आरक्षित प्रतिनिधित्वबाट ल्याइने सङ्घको भनाइ छ ।
महाधिवेशनमा गाउँ, नगर समिति, क्षेत्रीय, जिल्ला हुँदै केन्द्रीय कार्यसमितिको समेत प्रतिनिधित्वबाट करिब दुई हजार दुई सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने छ ।

Post a Comment

 
Top