0
नेपाल कराँते महासंघ सितोरियो कराँते शाखा म्याग्दीको आयोजनामा बेनी बजारस्थित कवर्डहलमा भदौ १३ गतेदेखि १५ गतेसम्म सम्पन्न प्रथम पश्चिमाञ्चल सितोरियो कराँते प्रतियोगिता २०७१ मा पोखराको बगर डोजो टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र ४ कास्यसहित बगर डोजो प्रथम भएको हो भने आयोजक म्याग्दी ४ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित दोश्रो र ३ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरी कास्की जिल्ला तृतीय भएको छ । यसरी नै प्रतियोगितामा पुरुष तर्फ म्याग्दीका चन्द्र बुढा र बगर डोजोकी विपना आचार्य उत्कृष्ट खेलाडी हुदै पुरस्कृत भएका छन् । सितोरियो कराँते संघ म्याग्दीको आयोजना र माउण्ट स्कुल डोजोका राजु केसीको सहआयोजनामा भएको प्रतियोगितामा पुरुष २५ देखि ६५ केजी तौल समुह र महिला ३५ देखि ५५  केजी तौल समुह गरी १८ स्वर्णका लागि प्रतिष्पर्धामा ११ टिमको सहभागिता रहेको थियो ।
सितोरियो कराँते संघ म्याग्दीका अध्यक्ष दिलबहादुर चर्मकारको अध्यक्षता, म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको प्रमुख आतिथ्यता, कराँतेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष  विनोद केसीले कराँते संघ म्याग्दीका अध्यक्ष दिलबहादुर चर्मकारलाई सम्मान गरेका थिए भने म्याग्दी डोजोले पश्चिमाञ्चल क्षेत्रबाट एशियन कराँते महासंघको रेफ्री हुन सफल फत्तबहादुर गुरुङ, एशियन जर्ज पुष्पा गुरुङ र कृष्ण देवकोटालाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

Post a Comment

 
Top