0
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाईको पाँचौं अधिवेशन शनिवार सम्पन्न भयो । अधिवेशनले बाबुराम रानामगरको अध्यक्षतामा ९ सदस्यीइ कार्यसमिति, तीनजना सल्लाहकार र एकजना जिफण्ट प्रतिनिधि चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रेम बहादुर खड्का, सचिवमा दीपक रोका मगर, सहसचिवमा प्रदीप थापा, कोषाध्यक्षमा रुद्रमान प्रधान, सदस्यहरुमा पूर्णबहादुर वि.क., सूर्य वि.क., सल्लाहकारहरु मा हरि बहादुर कार्की, धनबहादुर गुरुङ्ग, प्रसाद गुरुङ्ग र जिफण्ट प्रतिनिधिमा सीताराम गुरुङ्ग निर्वाचि भएका छन् । कार्यक्रममा प्रमुख अतिथि जिफण्ट गण्डकी धौलागिरी अञ्चल समन्वय कमिटी अध्यक्ष मिना गुरुङ्गले आफ्नो हक अधिकार प्राप्तिको लागि र जीवन रुपान्तरणको लागि पनि हामी सम्पूर्ण मजदुरहरु एकजुट हुन आग्रह गरे । उनले हामी आन्दोलन मात्र गर्दैनौं हामीले सबै मजदुरहरुलाई प्रशिक्षित गर्छौ भने । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि परिषद् प्रमुख इश्वर प्रसाद आचार्य, नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य विष्णु बहादुर पराजुली, अञ्चल सहसचिव हरिराम धिताल, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, प्याब्सन बस व्यवस्थापन समितिका संयोजक पुरन कुँवर, नेपाल टे«ड युनियन महासंघ जिफण्ट कास्कीका अध्यक्ष मेघबहादुर न्यौपाने, इकाई इन्चार्ज सूर्यराज रन्जित, प्याब्सीयू कास्कीका अध्यक्ष आरसी शर्मा, ढुवानी इकाई अध्यक्ष टिकाराम अधिकारी, इकाइका भूपू उपाध्यक्ष मिनप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 इकाई अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिफण्ट जिल्ला सदस्य रत्न बहादुर रानाले गरेका थिए भने कार्यक्रमको संचालन इकाई सचिव दीपक रोका मगरले गरेका थिए ।

Post a Comment

 
Top