0

नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग र नेपाल पत्रकार महासंघद्वारा संचालित पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्ण मंगलबार सम्मानित भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्वाङले रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । वर्ष भरिमा शिक्षाका जल्लाबल्दा मुद्धामा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान दिएवापत पश्चिमाञ्चल मा रहेको एफएम रेडियोहरु मध्येबाट उत्कृष्ट भई संस्थागत रेडियो शिक्षा पत्रकारिता पुरस्कार–२०७० बाट रेडियो अन्नपूर्णलाई सम्मान गरिएको हो । पुरष्कारको राशि नगद २० हजार र सम्मान पत्र रहेको छ । रेडियोले एस.एल.सी दिने विद्यार्थीलाई लक्षित गरी विगत १० वर्षदेखि रेडियो टिचिङ्ग, शिक्षासँग सम्बन्धित शैक्षिक बहस र विद्यार्थी केन्द्रित पक्ष÷विपक्ष तथा अब हाम्रो पालो लगायतका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । कार्यक्रममा बोल्दै सभामुख नेम्वाङ्गले शिक्षा व्यवहारिक र गुणस्तरीय हुनुपर्ने बताए । उनले हाम्रो शिक्षा युवा विदेशजान प्रेरित गर्ने नभइ स्वेदशमै स्वरोजगार बनाउने हुनुपर्ने बताए । उनले केही समस्यका बावजुत पनि माघ आठमा संविधान जारी हुने दृढता व्यक्त गरे । शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा बजेट बृद्धि गर्न पत्रकारिताको माध्यमबाट दववा सिर्जाना गरिदिन संचार कर्मीलाई आग्रह गरे । उनले पहुँचमा मात्र नभई शिक्षा, सिकाई र विधिमा पनि रिर्पोटिङ मार्फत सुधार ल्याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

Post a Comment

 
Top