0

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. कास्कीको १५औं बार्षिक ाधारण सभा तथा आठौं निर्वाचन अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष एवं सहकारी विभाग प्रमुख केदार प्रसाद देवकोटाले निजामती कर्मचारी संगठनको पेशागत हक हितको साथै सहकारीले आर्थिक एवं सामजिक जीवनस्तरमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । कार्यक्रममा ने.क.पा एमाले जिल्ला कमिटी कास्कीका सचिव दामोदर बैरागी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष टिकाराम अधिकारी, केन्द्रीय सदस्य खेमलाल अधिकारी ने.क.पा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तेजनारायण अधिकारी, पेशागत महासंघ कास्की अध्यक्ष रामप्रसाद खनाल नेपाल निजामती कर्मचारी संगठन जिल्ला कमिटि अध्यक्ष लोकनाथ काफ्ले र पेशागत महासंघ नेपाल गण्डकी सचिव ऋषिराम लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष धुव्रसिंह खड्काले पेश गरेको बार्षिक प्रगति प्रतिवेदन, प्रवन्ध संचालक बैकुण्ठनाथ आचार्यले पेश गर्नु भएको आगामी बर्षको लागि ५ करोड ६० लाखको अनुमानित बजेट सहितको नीति तथा कार्यक्रम लेखा समिति, शिक्षा उपसमिति र लेखा परीक्षण प्रतिवेदन पारित गरिएको थियो ।  कार्यक्रममा शेयर सदस्यका छोरा छोरीमध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने प्रमिला आचार्य र रब्स रन्जितलाई नगद तथा सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो । साधारणसभाले संचालक समितिको अध्यक्षमा बैकुण्ठनाथ आचार्य, उपाध्यक्षमा दुर्गाप्रसाद घोरासैनी, सदस्यमा भुवन प्रसाद दाहाल, शुभद्रा लामा, भेक बहादुर थापा, विष्णुदेवी पोखरेल र कृष्ण प्रसाद पौडेल र लेखा समिति संयोजक मा चन्द्र बहादुर सुवेदी सदस्य दुर्योधन गिरी र गणेश बहादुर कार्की लाई आगामी ३ बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष धुव्रसिंह खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष मधु बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top