0
किशोरीहरुको मुद्धालाई सशक्तरुपमा उठाउन कास्कीमा शनिवार किशोरी समुह गठन गरिएको छ ।  बालिका शक्ति संञ्जाल कास्की, महिला सशक्तिकरण नेपाल , सिबिन नेपाल र प्लान नेपालद्धारा  आयोजित कार्यक्रममा १० सदस्यीय समुह गठन गरिएको हो । समुहको सदस्यहरुमा कुञ्जनी प्यासी, नारायणी त्रिपाठी, सुजिता पौडेल, मोनीका रानाभाट, सन्तु मल्ल, प्रतिमा गुरुङ, सुजना तामाङ्ग, रश्मि भण्डारी, सशी के.सी र ज्योति क्षेत्री रहेका छन् । समुहको पदाधिकारी पछि चयन गरिने भएको छ । जिल्ला बाल अधिकार अधिकृत भरतराज बरालले अन्तरपुस्ता सम्बन्धि तथा बाल अधिकारका बारेमा अनुशिक्षण दिएका थिए ।

Post a Comment

 
Top