0
पोखरा उमनपा–८ सृजनाचोक स्थित गोल्डेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै पूर्वन्यायाधीश तथा संस्थाका सल्लाहकार करुणानिधि शर्माले सहकारीको विकासका लागि सम्पूर्ण सेयर सदस्यहरु जिम्मेवार बन्नुपर्ने बताउँदै सबैको विश्वास,भरोसा र समन्वयबाट मात्रै संस्था अगाडि बढ्ने बताए । उनले सहकारीको सिद्धान्त अनुरुप संस्थालाई निरन्तर रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । संस्थाका अध्यक्ष गुडाखर सापकोटाले आर्थिक वर्ष ०७०÷ ०७१ मा १ करोड ८ लाख ८७ हजार आम्दानी भएको र ९२ लाख ७४ हजार खर्च भई १६ लाख १३ हजार मुनाफा भएको बताए । उनले सस्थामा हाल ४ सय ७६ जना सेयर सदस्य रहेको र सस्थालाई नेपालको एक उत्कृष्ठ वित्तिय सहकारीको रुपमा स्थापना गर्ने परिकल्पना भएको जानकारी दिए । 
कार्यक्रममा गत आर्थिक वर्षमा असल ऋणि भएर कारोवार गर्ने कृष्णप्रसाद पोख्रेल, गुडाखर सापकोटा, नवराज पराजुली, कृष्णप्रसाद सुवेदी तथा उत्कृष्ट बचतकर्ता पदमबहादुर गुरुङ, गोपाल गुरुङ, नरबहादुर घर्ति, कृष्ण प्रसाद पोख्रेल र शोभा पोख्रेललाई सम्मान गरिएको थियो । यसैगरी ऋण उपसमितिका संयोजक नरबहादुर घर्ती, बालकृष्ण बराल र गोपाल गुरुङलाई संस्थामा विशेष योगदान पु¥याएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो ।
सहकारीले स्थापनाकालदेखि नै सेयर सदस्य तथा उनका परिवारलाई सहकारी शैक्षिक पुरस्कार तथा सम्मान गर्दै आएको छ । शैक्षिक पुरस्कारबाट एसएलसीतर्फ उत्कृष्ठ सेयर सदस्यका सन्तत्तीमध्ये छात्रतर्फ रोशन रिमाल र छात्रा तर्फ करुणा चापागाइ र ,लिजा गुरुङ तथा उच्चमावि तर्फ अभियान सापकोटा र मिला आचार्यलाई पुरस्कार तथा सम्मान पत्रले सम्मान गरियो । यसैगरी एसएलसीमा उत्र्तीण सन्दीपचन्द्र शर्मा, भावना पौडेल,समिर पौडेल,प्रज्ञा पोख्रेल, श्रवणकुमार भुजेल, विष्णु अधिकारी, विनिता आचार्य, उच्चमावितर्फ सुमन शर्मा पौडेल, स्नातक तर्फ रितेश बराल, मनोजकुमार बराल र स्नातकोत्तर तर्फ कमल चापागाई, गुडाखर सापकोटा, कमला पौडेल र अनन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गुडाखर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गोपाल गुरुङले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक भरतराज बरालले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक नरबहादुर घर्तिले ऋण उपसमितिको प्रतिवेदन, शिक्षा समितिका संयोजक राजेशकुमार घिमिरेले शिक्षा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष बालकृष्ण बराल, शिक्षा समितिका सदस्य महेन्द्र रिमाल,सल्लाहकार अनन्तकुमार श्रेष्ठ, असल ऋणी कृष्णप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालनसचिव कृष्णप्रसाद पोख्रेलले गरेको शिक्षा समितिका सदस्य टंक खनालले जानकारी दिए ।

Post a Comment

 
Top