0
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भयो । सभामा अध्यक्ष खिमबहादुर शाही, कोषाध्यक्ष कल्याण हमाल र लेखा समिति संयोजक चक्रबहादुर शाहीले पेश गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका अधिकृत बालकृष्ण सुवेदीले सहकारीको मूल्य मान्यतामा रहेर कार्य गर्न निर्देशन दिदै सहकारीले छोटो समयमा गरेको प्रगतिप्रति नतमस्तक रहेको बताए । वरिष्ठ साहित्यकार एवं नेपाल राष्ट्र बैंक पोखराका सहायक म्यानेजर दुर्गा बहादुर शाह बाबाले संस्था नाफा कमाउन मात्र केन्द्रित नभई शेयर सदस्यहरुको बिच आत्मियताको विकास, सामाजिक, साँस्कृतिक परिवर्तनको लागि समेत लाग्नुपर्ने बताए । कार्यक्रमको अवसरमा प्रवेशिका परीक्षामा सर्वोकृष्ट अंक ल्याउन सफल शेयरधनी सदस्यहरुका छोरा छोरीहरु प्रियंका शाही, आश्विनजंग शाही, आशुतोषजंग शाही, जेष्ठ शेयर सदस्य गंगाबहादुर हमाल, असल ऋणी अमृता शाही र संस्थामा विशिष्ट योगदान पु¥याउने शेयर सदस्य रविन्द्रविक्रम चन्दलाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा शेयर सदस्यहरुको तर्फबाट नेत्रबहादुर शाही, नेपाल ठकुरी महिला समाजकी अध्यक्ष करुणा हमाल, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष पितमबहादुर सेन, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था स्याङ्गजाकी अध्यक्ष तारा मल्ल, ठकुरी समाज महासंघ नेपालका सह अध्यक्ष हरिकुमार मल्ल, दर्शन बचत तथा ऋण सहकारी संस्था वालिङ्गका अध्यक्ष भेषबहादुर खाँण, निलबहादुर मल्ल, क्या. खड्कबहादुर शाही, अनिल कुमार शाही, ईश्वर बहादुर हमाल लगायतले मन्तव्य राखेका थिए । अधिवेशनले समितिको अध्यक्ष खिमबहादुर शाही, उपाध्यक्ष विष्णुकुमारी उच्चै, सचिव धनबहादुर शाही, कोषाध्यक्ष कल्याण हमाल, सहसचिव शान्ति शाही, सदस्यहरुमा रविन्द्र विक्रम चन्द, करुणा हमाल, गया शाही, सरस्वती हमाल, रितादेवी खाँण चयन भएका छन् । संस्थाका अध्यक्ष खिमबहादुर शाहीको अध्यक्षतामा भएको उक्त सभामा उपाध्यक्ष विष्णुकुमारी उच्चै स्वागत मन्तव्य तथा कार्यक्रम संचालन सचिव धनबहादुर शाहीले गरेका थिए । १६८ जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको हाल शेयर पुँजी रु. २४,२७ हजार रहेको छ ।

Post a Comment

 
Top