0
पोखरा–११ रानीपौवामा कार्यालय रहेको सयपत्री वचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष विजयनाथ बास्तोलाको सभापतित्वमा सम्पन्न भएको छ । कास्की जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्राचार्य नारायण प्रसाद अर्याल प्रमुख अतिथि रहेको उक्त साधारण सभामा ५१० जना शेयर सदस्य मध्ये ४२५ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक क्रियाकलापमा ध्यान दिनु पर्छ, सदस्यहरुको आर्थिक प्रगति कसरी हुन्छ सोही अनुसारको कार्यक्रमहरु ल्याउनु पर्छ, समय अनुसार उद्योग व्यवसाय संचालन गर्न सहकारी लाग्नु पर्छ, कास्कीमा ५६३ वटा सहकारी छन त्यसमा पनि नगरपालिका भित्रका सहकारीहरुलाई समेट्ने गरी पार्टी प्यालेस लगायत अन्य उद्योगहरु संचालन गर्दा राम्रो हुन्छ । सदस्यहरु वीच विभेद गर्न पाइदैन, एक सय रुपियाँको १ कित्ता शेयर लिएर रकम जम्मा गर्ने र एक लाखको शेयर राख्ने व्यक्तिको हक अधिकार बरावर हुन्छ प्रमुख अतिथि नारायण प्रसाद अर्यालले भने ।
यस बर्षको एस.एल.सी मा उत्तीर्ण भएका १९ जना शेयर सदस्यहरुको छोरा छोरीहरुलाई सम्मान गरिएको उक्त सभामा कास्की जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव ध्रुवराज पौडेल, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार रविन्द्र नाथ वास्तोला, सल्लाहकार विश्वमोहन अधिकारी, ध्रुवराज तिवारीले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष विश्वराज वास्तोलाबाट स्वागत मन्तव्य भएको कार्यक्रममा संस्थाका उत्कृष्ठ कर्मचारी सुमिना गुरुङ्ग र विन्दु के.सी.लाई नगद सहित प्रसंसा पत्र दिइएको कार्यक्रमको संचालन सचिव धर्म दत्त ढुंगानाले गरेका थिए ।
कृषि कार्यक्रम अन्तर्गत आलु खेतीमा उत्कृष्ठ आलु उत्पादन गर्ने संस्थाका सात जना शेयर सदस्य हरु नगद तथा प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो । साधारण सभाको बन्द सत्रमा संस्थाका अध्यक्ष विजयनाथ वास्तोला, सचिव धर्म दत्त ढुंगाना, कोषाध्यक्ष धर्म प्रसाद वास्तोला र लेखा संयोजक भिम प्रसाद न्यौपाने ले राख्नु भएको प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको थियो । यस बर्षको ५७औं सहकारी दिवसको झाँकी प्रदर्शनमा दोश्रो स्थान तथा रु. ५ करोड भन्दा माथी कारोबार गर्ने संस्थामध्ये उत्कृष्ट व्यवस्थापनमा पुरस्कार पाउन सफल यस संस्थाको कुल शेयर पूँजी पाँच करोड तेह्र लाख , कर्जा लगानी १८ करोड ३४ लाख भएको संस्थाले १ करोड २ लाख नाफा कमाउन सफल भएको थियो ।

Post a Comment

 
Top