0
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगर र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा हेमजामा सोमबार गाँजा फडानी गरेको छ ।
हेमजा गाविसको वडा नं.८ र ९ मा गरि करिव एक ट्रक गाँज फडानि गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिईन् । लागू पदार्थ विरुद्ध १५ दिने अभियान अन्र्गत हेमजा गाँजा फडानी गरिएको वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसर फडानी गरेको गाँजा वडा प्रहरी कार्यालय वगरमा राखिएको छ ।उनले सवै ठाँउ वाट संकलन गरेपछि सवैको रोहवरमा गाँज जलाएर नष्ट गर्ने जानकारी दिए । गाँज फडानी अभियानमा सामुदाियक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगरका निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, संस्थापक अध्यक्ष सीता गुरुङ, संस्थाका पदाधिकारीहरु, कर्मचारी प्रहरीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top