0
‘सिप र कलाको सम्मान गरांै, विश्वकर्माहरुको आफ्नै पहिचान बनौं’ भन्ने मूल नाराका साथ विश्वकर्मा युवा समिति लाहाचोक कास्कीले मैत्रीपूर्ण कास्की जिल्लास्तरिय भलिबल प्रतियोगिता सुरु गरेको छ । विश्वकर्मा पर्वलाई मध्यनजर गदै सम्पूर्ण विश्वकर्माहरु को बीचमा आपसी भाइचारको सम्वन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि विश्वकर्मा समितिका अगुवा साथै उत्पीडित अगुवा दान बहादुर विकले बल हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वि.कले सवै विश्वकर्माहरु एक भएर आर्थिक, राजनितिक तथा सामाजिक रुपमा सक्षम हुनुपर्ने बताए । समाजमा हुने विभिन्न विभेदको अन्त्य गरेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै विशेष अतिथि मोहन सुनारले युवाहरुले आफ्नो शक्ति प्रर्दशन गरेर विश्वकर्माहरु कमजोर छैनन् भन्ने प्रमाणित गर्न पनि अनुरोध गरे । भलिबल प्रतियोगिता हार जित नभई विश्वकर्माहरुको विचमा आपसी सम्वन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएकोले मैत्रीपूर्ण रुपमा खेल सम्पन्न गर्न  आग्रह गरे । कार्यक्रममा बोल्दै विश्वकर्मा समितिका जिल्ला उपाध्यक्ष मन्वुजा सुनार, विश्वकर्मा समितिका अगुवा मोहन सुनार, राम बहादुर सुनार लगायतले बोलेका थिए ।
लाहाचोक गाविसको महेन्द्र उ.मा.विको प्राङगणमा भएको मैत्रीपूर्ण भलिबलमा कास्की जिल्लाको १२ टिमको सहभागिता रहेको छ । कार्यक्रम असोज १ गते विश्वकर्मा पूजाको दिन सम्म चल्ने कार्यक्रम संयोजक कृष्ण सुनारले जानकारी दिए ।
कार्यक्रममा मिन बहादुर वि.कको पहलमा ओजन ओभरसिसले युवा खेलाडिहरुलाइ टिसर्ट सहयोग गरेको छ । कार्यक्रममा विश्वकर्मा पूजा तथा मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहयोग आउने क्रम पनि जारी रहेको छ । विश्वकर्मा समाज युवा समिथि अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव जीवन सुनारले स्वागत मन्तव्य राख्नु भएको  थियो भने कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मी सुनारले गरेका थिए । यसैबीच, विश्वकर्मा पूजाको पूर्व सन्ध्यामा असोज १ विश्वकर्मा समाज केन्द्रिय समितिले बृहत मोटरसाइकल ¥याली गर्ने भएको छ । १ गते विहान ८ बजे विपि चोकबाट सुरु हुने ¥याली  पोखरा परिक्रमा गरि लेखनाथसम्म पुगेर पुनः राम बजारमा रहेको विश्वकर्मा मन्दिरमा पुगेर समापन हुने विश्वकर्मा समितिका केन्द्रीय अध्यक्ष गणेश बराइलीले जानकारी दिए ।

Post a Comment

 
Top