0
संविधान सभाको दोस्रो निर्वाचनपछि गठित संविधान सभाले आगामी माघ ८ गते संविधान बनाउने निर्णय ग¥यो । संविधान सभाद्वारा पारित गरिएको कार्यतालिका २०७० बमोजिम भदौ तेस्रो हप्ताभित्र विवादित विषयहरूमा सहमति गर्ने कार्यतालिका तयार भयो ।
विवादित विषयमा राजनीतिक दलहरूबीच विवाद सृजना भई कार्यतालिका हेरफेर गर्ने भन्ने कुराले आम नागरिकहरूमा फेरि पनि संविधान बन्दैन कि भन्ने आशंका बढाएको छ । यस्तो अवस्थामा नागरिक समाजद्वारा राजनीतिक दल, दलका प्रमुख र समासद समेतलाई खबरदारी गर्नुपर्ने अवस्था देखिएको हुँदा कस्केली नागरिक समाजका तर्फबाट संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै सशक्तरुपमा दबाब सृजना गर्ने कार्यमा सहयोग गर्न विज्ञप्ति मार्फत् अपिल गरिएको छ ।
सयपत्री समाज कास्कीको पहलमा शुरु भएको नागरिक परामर्श बैठकमा शान्तिका लागि नागरिक सञ्जालका संयोजक वरिष्ठ अधिवक्ता तिलक आचार्य वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, इन्सेक क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल मानव अधिकारकर्मी खगराज आचार्य, विष्णु बराल, जनआन्दोलन घाइते परवारका संयोजक ढाकाराम पौडेल, अधिवक्ता, विष्णुप्रसाद अधिकारी, सुनास कास्कीका अध्यक्ष पुण्य पौडेल, पत्रकार श्याम कुँवर, अधिवक्ता सुकदेव गौतम, महिला मानव अधिकार सञ्जाल कास्कीका संयोजक सरला पाण्डे लगायतका नागरिक समाजको भेलाले संविधान निर्माणका लागि दबाब अभियान सञ्चालन गर्न नागरिक दबाब समूह गठन गर्ने निर्णय गर्दै सशक्त दबाब कार्यक्रम सञ्चालन गर्ने भएको छ । तोकिएको कार्यतालिकामा संशोधन नगरी यथासमयमा संविधान निर्माण गर्नको लागि नागरिक स्तरबाट दबाबस्वरुप विभिन्न कार्यक्रम हरु गर्नुपर्ने आवश्यकता महसुस गरी कास्कीका नागरिक समाजले छिटै नै नागरिक दबाब समूह निर्माण गरी यथासमयमा संविधान निर्माणको लागि पहल गर्ने भएका छन् ।     
सयपत्री समाजका अध्यक्ष ठानबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो भेलाको सञ्चालन अधिवक्ता एवम् प्राध्यापक गिरधारी सुवेदीले गरेका थिए ।

Post a Comment

 
Top