0
पोखरा जेसीजले समुदायलाई लक्षित गरि हरेक वर्ष सञ्चालन गर्दै आएको जेसीज विकइण्ड कार्यक्रम तीन दिनसम्म विविध कार्यक्रमका साथ आईतबार सम्पन्न भएको छ ।
तेस्रो दिन आईतबार “फेसबुक कति आवश्यक, कति अनावश्यक” विषयक उच्च मावि स्तरीय वादविवाद प्रतियोगिता भएको हो । यसअघि, शुक्रबार पहिलो दिन विदेशी संस्कृतिले मौलिक संस्कृतिमा पारेको प्रभाव विषयक अन्तक्रिया तथा दोश्रो दिन सोमबार कान्तिपुर डेन्टल हस्पिटल र स्थानीय फेवा क्लबको सहकार्यमा पामे प्रा.वि.को प्राङ्गणमा दन्त शिविर आयोजना गरिएको थियो ।
 विभिन्न विद्यालयका १४ जना सहभागी वादविवाद प्रतियोगितामा  सगरमाथा उच्च मा.वि.का प्रवेश सुवेदी प्रथम, बालोदय उच्च माविका चुली केसी द्वितीय तथा ग्लोबल कलेजीयट उच्च मा.वि.का कृपा गुरुङ्ग तृतीय भए । विजयीहरुलाई प्रमाण पत्र र ट्रफी वितरण गरिएको थियो ।
पोखरा जेसीजका अध्यक्ष जेसी तिलक राम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्ष जेसी संगीता पौडेल, नेपाल जेसीजका पुर्व कार्यकारीणी उपाध्यक्ष जेसी रविन्द्र गुरुङ्ग, प्रमुख निर्णायक तथा पोखरा जेसीजका पूर्व अध्यक्ष जेसी पशुपति शर्मा, पोखरा लेडी जेसीजका अध्यक्ष लक्ष्मी गुरुङ्ग, मोदरल्याण्ड उच्च मा.वि. का संथापक प्राध्यापक त्रिभुवन शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन महासचिव जेसी धर्मराज अर्यालले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक जेसी सन्तोष शाहीले गरेका थिए ।
तीन दिने कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने प्रायोजक, सहयोगी संघसंस्था र सदस्यहरुलाई जेसीज विकइण्ड कार्यक्रमका मुल संयोजक जेसी गोविन्द देवकोटाले धन्यवाद ज्ञापन गरेका थिए । जेसीज विकइण्डको मुख्य प्रायोजकमा सन्जोग ट्राभल्स्, प्रायोजकमा लुम्बीनी नेट, सहप्रायोजक कोलगेट, सहयोगी संघसस्थाहरु कान्तिपुर डेण्टल हस्पिटल, नेपाल परिवार नियोजन संघ, फेवा क्लव पामे लगायत पोखराका विभिन्न व्यापारिक संघसंस्थाहरु रहेका थिए ।

Post a Comment

 
Top