0
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले सरकार र ट्रक व्यवसायी प्रतिस्पर्धी नभएर एकापसमा सहयोगीका रूपमा प्रस्तुत हुनुपर्ने बर्ताका छन् । गण्डकी ट्रक यातायात व्यवसायी समितिको ३७ औँ साधारणसभा तथा १७ औँ अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनँले नयाँ संविधान बनेपछि यातायात क्षेत्रका नयाँ ऐनकानुन निर्माण हुने र यस क्षेत्र व्यवस्थित हुने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव तुलसी सिटौलाले यातायातका क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको उल्लेख गर्दै ऐनकानुन परिमार्जन गरी सहकार्य गरेर अघि बढ्ने वताए । सभासद् यज्ञबहादुर थापा र  शारदा पौडेल,    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रानाभाट र  बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले यातायात व्यवसायीले भोग्नुपरेका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा   समितिका अध्यक्ष कृष्णहरि जिसी, नेपाल ट्रक व्यवसायी महासङ्घका महासचिव राजेन्द्र श्रेष्ठ, नेपाली  काँग्रेसका सोभियतबहादुर अधिकारी, नेकपा(एमाले)का कृष्ण थापा, एकीकृत नेकपा (माओवादी)का गङ्गा पोखरेल, राप्रपा नेपालका जयलाल पुन लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा गत वर्षको प्रवेशिका परीक्षामा व्यवसायीका छोराछोरीबाट सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।

Post a Comment

 
Top