पोखरा पिस क्लवको आठौं स्थापना दिवसका अवसरमा पोखरा पिस क्लवले सोमवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डण्डराज शर्माले पहिलो रक्तदाता क्लवका सदस्य श्रीराम के.सी.लाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्दै रक्तदान जस्तो महान कार्यमा पोखरा पिस क्लवले पु¥याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ७, मासबार आमा समूह, पुष्पलाल स्मृति पार्क, किसान जागरण बहुमुखी सहकारी संस्था, शान्तिनगर टोल विकास संस्था, अभियान युवा क्लव लगायतले सहयोग गरेका थिए । २०६३ साल भाद्र ३० गते स्थापित पोखरा पिस क्लवले सामाजिक विकृति र विसंगतिका विरुद्ध तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । क्लवका अध्यक्ष दामोदर बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।पोखरा पिस क्लवको रक्तदान
पोखरा पिस क्लवको आठौं स्थापना दिवसका अवसरमा पोखरा पिस क्लवले सोमवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डण्डराज शर्माले पहिलो रक्तदाता क्लवका सदस्य श्रीराम के.सी.लाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्दै रक्तदान जस्तो महान कार्यमा पोखरा पिस क्लवले पु¥याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ७, मासबार आमा समूह, पुष्पलाल स्मृति पार्क, किसान जागरण बहुमुखी सहकारी संस्था, शान्तिनगर टोल विकास संस्था, अभियान युवा क्लव लगायतले सहयोग गरेका थिए । २०६३ साल भाद्र ३० गते स्थापित पोखरा पिस क्लवले सामाजिक विकृति र विसंगतिका विरुद्ध तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । क्लवका अध्यक्ष दामोदर बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।
Post a Comment