0
साइकल सिटी पोखराले सोमबार पोखरामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुर्गाबहादुर कुवरले रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष राजू पौडेललाई पहिलो ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कँुवरले रक्तदान मानवीय जीवनको लागि महादान भएकाले सबैभन्दा ठूलो पुण्यको काम भएको बताए । त्यसै गरी नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष तिर्थराज अवस्थीले रगत युवा अवस्था १८ वर्षदेखि नै आफ्नो जन्मदिनमा रक्तदान गर्ने सोचको विकास गर्नुपर्ने धारणा राखे । कार्यक्रममा आकस्मिक रक्तदान युनिटका हरिशचन्द्र शर्माले हरेक हस्पिटलमा रगतको आवश्यक भएकाले रक्तदान कार्यक्रम गर्नु अहिलेको समयमा नितान्त आवश्यक भएको बताएका छन् । कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । साइकल सिटी पोखराका अध्यक्ष कमलमोहन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक जितेन्द्रमान शाक्यले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश बज्राचार्यले गरेका थिए ।

Post a Comment

 
Top