0

नवसिद्धार्थ महिला ऋण तथा सहकारी सस्थांको वार्षिक साधारण सभा तथा १२औं वार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न भएको छ । साधारणसभाले पार्वती माकाजूलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा तारा कोइराला, कोषाध्यक्षमा शाल्वी बास्तोला र सहसचिवमा कुश्मा राणा निर्वाचित भएका छन् । त्यसै गरी संचालक समिति सदस्यहरुमा मनरुपा श्रेष्ठ, इन्दिरा मर्सानी, सीता कोइराला, मीरा पोखरेल, शारदा गौतम, सुमित्रा कोइराला, चयन भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा लक्ष्मी अधिकारी र सदस्यहरुमा मिना लिगल तथा इन्दिरा पन्त चयन भएकी छन् । कार्यक्रममा बोल्दै कास्की बचत संघका अध्यक्ष भिम गुरुङ्गले आजको समयमा महिलाहरु हरेक कुरामा पुरुषभन्दा कम नभएको भन्दै यसरी नै सदैव हरेक कुरामा महिलाहरु अगाडि बढ्नुमा उनले जोड दिए । कार्यक्रममा सहसचिव कल्पना श्रेष्ठले प्रगती प्रतिवेदन, कोषाध्यक्ष शाल्वी बाँस्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा संयोजक रमा कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सहकारी संघका सदस्य सन्तु सुवेदी, संस्थाकी संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, संस्थाका सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, सिर्जना महिला सहकारीको तर्फबाट निता बराल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । संस्थाकी नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रम संयोजक पार्वती माकाजूले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा भएको बन्द सत्रमा सेयर सदस्यहरुको तर्फबाट डाल्डादेवी भुजेल र निरा श्रेष्ठले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव निर्मला मर्सानीले गरेकी थिइन् । संस्थाको वार्षिकोत्सवको अवसरमा कार्यक्रममा उत्कृष्ट सदस्यको पुरस्कार संस्थाका जेष्ठ सदस्य, असली ऋण, सल्लाहकार तथा सहयागीलाई अध्यक्ष सावित्री कोइरालाले धन्यवाद व्यक्त गर्दै सम्मान तथा मायाको चिनो प्रदान गरेकी थिइन् । 


Post a Comment

 
Top