0
पोखरा उद्योग वाणिज्य संघ ३० औं महाधिवेशनमा  अध्यक्षका प्रत्यासी सञ्जिब बहादुर कोइराला र विन्दुकुमार थापाले आ–आफ्नो प्यानलसहित चुनावी प्रचारलाई तीव्र पारेका छन् । उनीहरुको चुनावी अभियानले मतदताता व्यवसायीहरु विभाजित त भएका छन् नै अघिल्लो निर्वाचनमा एक बनाउन भूमिका खेलेका पूर्वअध्यक्षहरु समेत विभाजित भएका छन् । पूर्व अध्यक्षहरुले विभिाजित भएर नै छुट्टा–छुट्टै प्रेस विज्ञप्ति समेत जारी गरेका छन् । थापा र कोइरालापक्षमा लबिङ गरिरहेका पूर्व अध्यक्षहरु र केहि समाजसेवीले पटक–पटक सहमति गराउने प्रयास गरेपनि पूर्व अध्यक्षहरुकै कारण विगतको भद्र सहमति कार्यान्वयन गराउन नसकेको बताइन्छ । हालका प्रथम उपाध्यक्ष थापाले २९आंै महाधिवेशनमा सञ्जिव बहादुर कोइरालालाई समर्थन गरेपछि सर्वसम्मत भएको थियो । कोइरालाले सर्वसम्मत अध्यक्ष पाएपछि ३०औं महाधिवेशनमा थापालाई साथ दिने प्रतिवद्धता समेत गरेका थिए । तर अध्यक्ष नछाड्ने बताएकाले कोइरालाले व्यवसायिक बेइमानी गरेको थापाको आरोप छ । कोइरालाले भने आफ्नो कार्यकालमा संघको साख जोगाएको र व्यवसायीहरुका लागि महत्वपूर्ण कार्य गरेको बताएका छन् । कोइरालाले कतिपय कार्यहरु अझै अपूर्ण रहेकाले ती काम पुरा गर्न आफ्नो पुनः उम्मेदवारी रहेको प्रतिक्रिया दिए । थापाले पहिलो बैठकबाटै आफूलाई असहयोग गर्दै आएको कोइरालाले आरोप लगाउँदै आएका छन् । थापाले कोइरालाल पूर्व सहमति अनुसार तीन पदाधिकारीको जिम्मेवारी आफ्नो पक्षका साथीहरुलाई नदिएकाले शुरुमा केहि असन्तुष्टि व्यक्त गरेका छन् । थापाले भने–‘कार्यसमितिमा ११ जना साथीहरु मलाई साथ दिने थिए, यदि असहयोग गरेको भए बैठकले केहि निर्णय गर्नै सक्ने थिएन, यसलाई असयोग भन्न मिल्दैन ।’
करिव दुई वर्षअघि चुनाव हुनुभन्दा केहि दिन अघिमात्र संघका पूर्व अध्यक्ष दिपक श्रेष्ठ र समाजसेवी प्रेमबहादुर श्रेष्ठको सहभागितामा कोइराला र थापाबीच भद्र सहमति भएको थियो । कोइराला र थापबीच भएको भद्र सहमति प्रष्ट रहेको भन्दै  समाजसेवी श्रेष्ठले भने–“मनोनित गरि थापालाई प्रथम उपाध्यक्षमा ल्याउने, पदाधिकारीमा तीन–तीन जना दुबै पक्षले बाड्ने र विन्दुजीले अध्यक्षको पद छाड्ने थियो ।” उनले अहिले संघमा नेतृत्वको लागि भएको प्रतिष्पर्धा मानवीय सामाजिक मूल्य र मान्यता विपरित भएको टिप्पणी गरे ।  संघका वर्तमान प्रथम उपाध्यक्ष थापालाई पूर्व अध्यक्षहरु आनन्दराज मुल्मी, सर्वज्ञमान प्रधानाङ्ग, हेमबहादुर प्रधान, सुरेशराज भण्डारी, वशन्त उदास, राजेन्दकुमार लालचन, दिपक श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ लगायतको साथ छ भने संघका वर्तमान अध्यक्ष कोइरालालाई पूर्व अध्यक्ष आशोक पालिखे, रमेश कर्माचार्य र मानकाजी माकाजुको साथ रहेको छ । उनीहरु कोइरालालाई विजयी गराउन खुलेरै लागेका छन् ।

Post a Comment

 
Top