0
लेखनाथ सामुदायिक सेवा केन्द्रको अध्यक्षमा ईश्वरी प्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्दी श्रीराम पोखरेलले ८३ मत प्राप्त गरेका थिए । यसैगरी कार्यसमितिको उपाध्यक्षमा दयाराम तिवारीले १ सय २ मत प्राप्त गरी विजयी भएका छन् । तिवारीका निकटतम् प्रतिद्वन्दी नारायणी चापाँगाईले ७४ मत प्राप्त गरेकी थिईन । कार्यसमितिको महसचिवमा रामजी न्यौपाने, कोषाध्यक्षमा रमेश ओझा र सह–सचिवमा त्रिलोचन लामिछाने भने निर्विरोध निर्वाचित भएका हुन् । बुधबार राति अवेर प्राप्त भएको मत मरिणाम अनुसार सदस्य पदमा गंगाकुमारी खनाल, गीता सुवेदी, सुकमाया गुरुङ्ग, लक्ष्मी प्रसाद ढुंगाना, बलबहादुर गुरुङ्ग, हरिप्रसाद तिवारी, मेख वहादुर वि.क. र अमृत थापा विजयी भएका छन् । ८ सदस्य पदका लागि १५ जनाको उमेदवारी परेको थियो । निर्वाचनमा १ सय ९० मत खसेको थियो । जसमा ६ मत बदर र १ सय ८४ मत सदर भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top